जनगणनाबारे हिन्दू मन्दिरले गरेको प्रचारप्रति नेफिन यूकेको आपत्ति

SHARE:

लन्डन फागुन १७ । बेलायतको जनगणनामा ‘सबै नेपालीले हिन्दू धर्म लेखौं’ भन्‍ने प्लमस्टेड हिन्दू मन्दिर नामक संस्था र तिनका सदस्यहरुको प्रचारप्रति नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आपत्ति जनाएको छ ।

अध्यक्ष जंग सुनुवार र महासचिव खुशी लिम्बूले सोमबार विज्ञप्ति जारी गर्दै हिन्दु मन्त्रिरमा संलग्न व्यक्तिहरुले सार्वजनिक सञ्चारका माध्यमहरु दुरुपयोग गर्दै त्यस्ता समाचार र त्यस्ता विषयवस्तुलाई उग्र रुपमा शेयर गरिरहेको भन्दै नेफिन यूकेले घोर आपत्ति प्रकट गरेको हो । सबैलाई आ-आफ्नो आस्थाको आधारमा जनगणनामा आफ्नो धर्म लेखाउन प्रेरित गर्न पर्नेमा उल्टै समाजमा केही सुझबुझ भएका भनिएका व्यक्तिहरुबाट नै नैतिक–मनोवैज्ञानिक दबाब दिनु वयक्तिक आस्था र स्वतन्त्रतामाथिको ठाडो धावा भएको नेफिन युकेको ठम्याई छ ।

‘हाम्रो मातृभूमि नेपाल र हामीले अहिले बसोबास गरिरहेको देश बेलायत दुवै धर्म निरपेक्ष मुलुकहरु हुन् । प्रजातन्त्रको जननी र मानव अधिकारको प्रणेता बेलायत जस्तो मुलुकमा आएर सबैलाई आ-आफ्नो आस्थाको आधारमा जनगणनामा आफ्नो धर्म लेखाउन प्रेरित गर्न पर्नेमा उल्टै समाजमा केही सुझबुझ भएका भनिएका व्यक्तिहरु नै सबै नेपालीहरुलाई “आगामी जनगणनामा सबैले धर्मको महलमा हिन्दू लेखौं” भन्दै नैतिक–मनोवैज्ञानिक दवाव दिनु भनेको वैयक्तिक आस्था र स्वतन्त्रतामाथिको ठाडो धावा हो भन्ने हाम्रो ठम्याई छ,’ विज्ञप्तिमा भनिएको छ । बेलायतमा आगामी मार्च २१ मा आमजनगणना हुँदै छ ।

बेलायतमा रहेका नेपालीहरुको लगभग ८० प्रतिशत हिस्सा जो आदिवासी जनजातिहरु छन्, उनीहरु हिन्दूमात्रै हैनन् । त्यसैले यसै विज्ञप्तिमार्फत उनीहरुको प्रतिनिधि संस्था तमुधिं यूके, मगर संघ यूके, किरात राई यायोक्खा यूके, किरात चुम्लुङ यूके, किरात सुनुवार सेवा समाज यूके, किरात याक्खा छुम्मा यूके, तामाङ सोसायटी अफ यूके, शेर्पा संघ बेलायत, बेलायत छन्त्याल संघ र दुरा सेवा समाज यूकेले समेत उक्त कार्यको घोर भर्त्सना गरेका छन् ।
यदि यस कार्य तुरुन्त नरोकिएमा यसले बेलायतको नेपाली समाजमा ल्याउने अविश्वास, विग्रह र द्धेषको सम्पूर्ण भागेदार माथि उल्लिखित संस्था र सम्बन्धित व्यक्तिहरु हुनु पर्ने विज्ञप्तिमार्फत नेफिन यूकेले पूर्वचेतावनी दिएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!