संसद्‌मा हितबहादुरले भने, ‘ठेकेदारले काम नगर्दा हामी असुरक्षित हुनेभयौ’ (पूर्णपाठसहित)

SHARE:

काठमाडौं । सडक निर्माण गर्ने ठेक्का लिएका ठेकेदारले काम नगर्दा जनताले जनप्रतिनिधिलाई श्रद्धाञ्जली दिन थालेको भन्दै सांसदले संसद्माल कुरा उठाएका छन् ।

नुवाकोटका सांसद हितबहादुर तामाङले संसद्माद बिशेष समयमा बोल्दै काठमाडौंबाट नुवाकोट, रसुवा जाने सडकमा ठेकेदारले काम नगर्दा सर्वसाधरणले सामाजिक सञ्जालमा जनप्रतिनिधिलाई श्रद्धाञ्जली लेख्न थालेको बताए । ‘टोखादेखि गुर्जेभन्ज्याङ खण्डमा ठेकेदारले काम नगर्दा समस्या देखिएको छ । पानी पर्योक भने बाटो अवरुद्ध हुन्छ,’ उनले भने, ‘निर्वाचित जनप्रतिनिधिको सामाजिक सञ्जालमा फोटो राखेर आरआईपी लेख्न थालिसक्यो । जनताले असुविधा भोग्नु परेकोले हाम्रो पनि असुरक्षा बढ्यो ।’

(पूर्णपाठ)
सम्माननीय सभामुख महोदय
मनसुन सुरु भइसकेको छ । जिल्लाहरुमा ठूला ठेकेदारहरुले टेन्डर पारेर काम नगरिरहेको समस्या आइरहेका छन् । निर्माण सामाग्रीको अभावले गर्दा भूकम्पपीडितहरुले पनि आफ्नो निजी आवास निर्माण कार्य अगाडि बढाउन सकिरहेका छैनन् । र, कतिपय निर्माण कम्पनीहरुले एक महिनाअघि काम गरिसक्दा पनि भुक्तानी नपाएको भन्ने कुराहरु पनि आइरहेका छन् । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

साथसाथै काठमाडौंबाट नुवाकोट, रसुवा र उत्तरी धादिङ जोड्ने सडकहरु गल्छीबाट त्रिशूली हुँदै स्याफ्रु, बालाजुबाट ककनी हुँदै त्रिशूली, स्याफ्रु र अर्को टोखाबाट झोर, गुर्जेभन्ज्याङ छहरे त्रिशूली हुँदै स्याफ्रु जाने तीनवटा बाटाहरु छन् । अघिल्ला दुइ बाटाहरु निर्माण कार्य धमाधम भइरहेका छन् । तैपनि ठेकेदारहरुको ढिलासुस्ती देखिन्छ । जसको कारण यातायात अवरुद्ध हुन पुग्दा अनौठो र अस्वाभाविक मान्न सकिन्न । त्यसको विकल्पको रुपमा तेस्रो बाटोको रुपमा टोखा(गुर्जेभन्ज्याङ(छहरे हुँदै त्रिशूली स्याफ्रुबेंसी जाने बाटोमा पनि खासगरी काठमाडौं जिल्लामा पर्ने टोखादेखि गुर्जेभन्ज्याङ खण्डको लालबारी, जगद, गुर्जेभन्ज्याङसम्म जो काठमाडौं जिल्लामा पर्दछ । त्यहाँ निर्माण कार्य समस्याग्रस्त भएको छ ।

त्यहाँ सुनौला रविन कन्स्ट्रक्सन, राजन जोशी र रविन जोशीको जेबी कन्स्ट्रक्सनले टेन्डर पारेर काम गर्ने भनेकामा अहिले निरन्तर काम भइरहेको छैन । जसकारण एक दिन पानी पर्योब भने त्यो बाटो पुरै अवरुद्ध हुने । नुवाकोट, रसुवा र उत्तरी धादिङका मान्छेहरु पूरै जाममा बसिरहनुपर्दा समस्या झेलिरहनु परेका छन् भने हामी निर्वाचित जनप्रतिनिधिहरुको फोटो राखेर सामाजिक सञ्जालमा हामीलाई गाली गर्ने, रिप (श्रद्धाञ्जली) भने समेत अवस्था सिर्जना भइरहेको छ । त्यहाँका जनताले असुविधा भोग्नु परिरहेको अवस्था त छँदैछ साथै हाम्रो पनि असुरक्षा हुने क्रम बढिराखेको छ ।

त्यसकारणले सम्बन्धित मन्त्रालयमार्फत् त्यस सडक खण्डको काम छिटोभन्दा छिटो अगाडि बढाउनका निमित्त म सरकारसँग अनुरोध गर्न चाहन्छु ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!