काठमाडौं वैशाख १ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल ब्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैंले समेत नेपालमै लगानी गर्न संसारभरका गैर आवासीय नेपालीलाई आह्वान गरेका छन् ।
नववर्ष २०७८ का अवसरमा जुममार्फत विभिन्न देशमा रहेका नेपालीहरुलाई जुममार्फत सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । नेपालबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ डा.राजन भट्टराई, अध्यक्ष प्रवासी नेपाली एकता मञ्च अध्यक्ष भक्त गुरुङ, नेपालका लागि विभिन्न देशमा कार्यरत राजदुत, गैर आविसीय नेपाल संघका पदाधिकारीहरु सहभागी उक्त बैठकलाई प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गरेका थिए ।
नेपाली दुतावासकमा प्रमुखहरु गैर आवासीय नेपाल संघका पदाधिकारहरु र ति देशका नेपाली सँघसस्थाहरुलाइ नयाँ वर्ष २०७८ का अवसरमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा मै गर्नु उपयोगी हुने सन्देश विदेशी सम्म पुर्याउन आग्रह गरे।
प्रधानमन्त्रीले गैर आवासिय नेपालीले राजनीतिक अधिकार बाहेक सबै हक अधिकार समान ढंगले पाउने समेत बताए। आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनौट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको धारणा पनि उनको थियो । नेपाली जनता देश भित्र वा बाहिर जहाँ भए पनि सरकारले फरक भावनाले नहेर्नसमेत प्रधानमन्त्रीले बताए ।


