लन्डन । पन्चासे समाज यूकेको आगामी २५ जुलाईमा वार्षिक भेटघाट कार्यक्रम २०२६ हुने भएको छ ।
विगतका वर्षहरूमा झैं यस वर्ष पनि समाजको ‘वार्षिक भेटघाट कार्यक्रम’ २५ जुलाईमा अल्डरवुड लेजर सेन्टरमा हुन लागेको समाजका अध्यक्ष नवराज गुरुङले जानकारी गराएका छन् । उनका अनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ९ बजेसम्म हुनेछ ।
अध्यक्ष गुरुङले उपस्थितिका लागि सबै पदाधिकारी तथा सदस्यहरु,यूकेमा बसोबास गर्ने समाजका सम्पूर्ण चेलीबेटी-दम्पतीहरु तथा भान्जाभान्जी-दम्पतीहरुसहित नेपालीहरुमा निमन्त्रणा गरेका छन् ।
यस्तै चित्रे,राम्जा र रांपूका प्रतिनिधिहरुले आ-आफ्नो भेकका सबै चेलीबेटी तथा भान्जा-भान्जीहरुलाई आमन्त्रण गर्ने आशा पनि अध्यक्ष गुरुङले राखेका छन् ।






