बागलुङमा ‘एक पत्रकार एक ल्यापटप’

SHARE:

बागलुङ वैशाख ५ । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ । उनीहरुका लागि क्यामेरा, ल्यापटप, कम्युटर, हार्ड डिक्स, मेमोरी कार्ड मोवाईल वाइफाई, इन्टरनेट तथा पेनड्राइभ अति आवश्य वस्तु हो । व्यवसायीक पत्रकारितासमेत गर्नेले सबै प्रविधियुक्त सामग्री खरिद गर्न सकेको अवस्था हुँदैन । अहिलेको महङ्गा क्यामेरा, ल्यापटप पत्रकारिको तलबले सायद थेग्दैन । पत्रकारिता यति प्रविधिमैत्री भइसक्यो की प्रविधिको प्रायोग नगर्दा पत्रकारितामै टिक्न नसक्ने अवस्था आइसेको अवस्था छ ।

पत्रकार महासङ्घको निर्वाचन सकिएपछि बागलुङ शाखाको पदभार शनिबार सम्पन्न भएको छ । पदभार ग्रहणपछि बसेको पहिलो बैठकले ‘एक पत्रकार एक ल्याप्टप अभियान’ सञ्चालन गरिने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

“हामीले पत्रकारको हकहितका लागि मात्रै हैन, पत्रकारलाई टिकाउन, काम प्रति जागरुक ल्याउन प्रविधिको प्रयोग गर्न आवश्यक देखियो” उनले भने, “सबैलाई ल्याप्टप क्यामेरा खरिदसमेत गर्न कठिन अवस्था छ, त्यसैले एक पत्रकार एक ल्यापटप अभियान सञ्चालन शुरु गरेका छौँ, केही साथीले सहयोगको प्रतिबद्धतासमेत जनाइसक्नुभएको छ ।”

महासङ्घले पूर्वअध्यक्ष दिल शिरिषको नेतृत्वमा एक करोडभन्दा बढी खर्चेर आफ्नै सुविधा सम्पन्न भवन बनाइसकेको छ । कार्यालय नभएका र कार्यालयमा पुग्न नसक्ने पत्रकारलाई पत्रकार महासङ्घबाट समाचार लेखन, सम्पादन गर्ने व्यवस्थाका लागि आधुनिक सूचना केन्द्रसमेत महासङ्घमा स्थापना भइसकेको छ ।

अबको समयमा घरबाटै, स्थलगत रुपमै समाचार लख्नुपर्ने अवस्थामा प्रत्येक पत्रकारको हात–हातमा ल्यापटप हुन आवश्यक पर्ने भएकाले यसलाई महासङ्घले पहिलो प्राथमिकतामा राखेको छ । घर पछिको रहर ः सहि सूचना प्रविधि युक्त हात, हरेक पत्रकार ल्यापटका साथ अभियानको घोषणा गरिएको हो ।

महासङ्घले धेरैभन्दा धेरै पत्रकार उत्पादन गर्नका लागि विद्यालयमै कक्षा ९ र १० मा पत्रकारिता विषय नभए अतिरिक्त कक्षा सञ्चालनमासमेत गर्न पहल गर्दै लैजाने महासङ्घका सचिव विजय रानाले जानकारी दिए ।

पदस्थापन कार्यक्रममा महासङ्घका सधारण सदस्य तथा अधिवक्ता राम शर्माले आफ्ना मातापिता हेमकुमारी शर्मा र चन्द्रदत्त शर्माको स्मृतिमा दुई लाख ५० हजार बराबरको ‘हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्न चेक हस्तान्त्रण गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!