अमेरिका साउन २१ । अमेरिका निवासी एलिशा गुरुङ मिस नेपाल नर्थ अमेरिकाको प्रतिस्पर्धामा उत्रिएकी छन् । यही अगस्ट ७ तारिख शनिबारका दिन हुने ग्रान्ड फिनालेमा एलिसाले भाग लिने भएकी हुन् ।
काठमाडौं जन्मिएकी एलिशा गुरुङ निकै सुन्दर देखिन्छन् । उनी जति सुन्दर देखिन्छिन् त्यत्ति नै सुन्दर विचार सुन्दर चाहनाहरु धेरै छन् । आमा जुनु गुरुङ र बाबा रिशमान गुरुङको कोखबाट जन्मिएकी एलिशा काठमाडौंमा जन्मिनु भएपनि उनको पुर्ख्यौली घर भने लमजुङ नल्मा भन्ने ठाउँमा पर्छ ।
काठमाडौंको लिटिल एन्जल बोर्डिङ हाइस्कुल हात्तीवन काठमाडौंबाट ८४ प्रतिशत डिस्टिङसन ल्याएर एसएलसी पास गरेपछि आमाबाबासँगै कोरिया प्रस्थान गरेकी थिइन् भने कोरियाबाट प्लस टु गरेपछि २०१७ मा एलिशा अमेरिका गएकी हन् भने आमाबाबा अहिले पनि कोरियामै बसोबास गर्छन् । तर एलिशा भने अमेरिकामा बस्दै आएका छन् ।
अमेरिकाको बसाइसँगै एलिशाले हेल्थ इन्फरमेसन टेक्नोलोजी विषय लिएर ब्याचलर गर्दै आफ्नो सपना आफ्नो चाहनालाई पनि पूरा गर्ने सोचसँगै सानै उमेरदेखि नै चाइल्ड हेल्थ, वेमन राइटस्मा एकदमै रूचि राख्ने एलिशा गुरुङ सम्पूर्ण महिलामाथि परेको अन्य अत्याचार दुर्व्यवहार विरुद्ध आवाज उठाउने र महिला दिदी बहिनीहरुको हकहितका लागि लड्ने एक साहसी महिला बन्ने चाहना बोकेकी सुन्दरी एलिशा गुरुङ कलाकार तथा गीतकार प्रेम गुरुङका भतिजी हुन् ।
कलाकार प्रेम गुरुङले पनि धेरै भन्दा धेरै सहयोग गर्नुको साथै एलिशाको सपना पूरा हुनेमा विश्वास गरेका छन् ।






