अमेरिकामा निफ चलचित्र महोत्सव, ट्याङ्चलाक -उज्यालोतिर_ पनि प्रर्दशन हुने

SHARE:

अमेरिका साउन ३२ । नेपालबाट अमेरिकामा गएर बसोबास गरिरहेका नेपाली आदिवासी जनजाति समुदायले आयोजना गर्ने चलचित्र महोत्सव र निफ अवार्ड कार्यक्रममा नेपालबाट गुरुङ, तामाङ, ह्याल्मो, नेवार, राई, लिम्बु र मगरको चलचित्रहरु फाइनल चरणको लागि छनोट भएका छन् ।

गुरुङबाट मि न्होर्वै ट, तामाङबाट प्रङना, ह्याल्मोबाट मेतोक, नेवारबाट मनःगुभाजु, राईबाट सायाबुङ, लिम्बुबाट केः र मगरबाट ट्याङ्चलाक छनोट भएका छन् ।

मगर समाज र मानुङको कथामा आधारित रहेर मेजन पुन मगरको लेखन/निर्देशनमा निर्माण गरिएको मगरपनको मगर चलचित्र ट्याङ्चलाक -उज्यालोतिर_ ४२ वर्ष लामो इतिहास बोकेको डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव दक्षिण अफ्रिकामा फिचर फिल्म सेक्सनमा विश्वका ३ सय फिचर फिल्महरु मध्येबाट ३५ वटामा छनोट भएको थियो ।

चलचित्रभित्र शिक्षा, स्वास्थ्य, आर्थिक, भौगोलिक तथा वर्तमान समाजिक परिवेशका कुराहरु उठान गरिएको छ । यो चलचित्र काल्पनिक भएतापनि ठाउँ, घटना, काल, परिस्थिति यथार्थको निकट छ । जसमा अभिनय राज थापा काउचा, प्रभा मगर, सनम आले, सुजन थापा मगर, शिला खनाल राना, सुमन थापा मगर, गीता रखाली मगर, शिल्पा थापा मगर, रञ्जना थापा मगर, महेन्द्र दर्लामी, बसन सारु मगर, मञ्जु मगर, किशोर खनाल, रवि गिरी, टिका गिरी, मनराज थापा मगर, रोहन तण्डुकार, बम पुन  आदि कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रको लेखन निर्देशन मेकबहादुर पुन -मेजन_ को रहेको छ भने चलचित्रमा प्रोडक्सन डिजाईनर तथा कास्टिङ डाईरेक्टर राज थापा काउचाको छ । चलचित्रमा  छायाँकन प्रविन जंग खड्काको रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!