काठमाडौं । प्रकृतिलाई जगेर्ना गर्ने र विपत्तिबाट जोगिनुपर्ने सन्देशसहित ‘बर्खे भेलैमा’ बोलको गीत सार्वजनिक भएको छ ।
सूर्यमान तामाङको शब्द रचनामा रहेको बर्खे भेलैमा गीत आइतबार अमृत धुन टेलिभिजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा स्वयम् सूर्यमान र शशिकला मोक्तानको आवास रहेको छ ।
सुशन लामाको संगीत, एरेन्ज नोर्बु शेर्पा, इडिट/कलर सागर तामाङले गरेका छन् । भिडियोको निर्देशन छायाङ्कन, सम्पादन, समेत सागर तामाङको रहेको छ ।






