‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो लोकार्पण

SHARE:

लन्डन भदौ । नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो हालै बेलायतमा लोकार्पण गरिएको छ ।

एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर, बेलायत अल्डरसटको वेलीङ्टनका कन्जरभेटिभ पार्टीका काउन्सिलरहरु प्रवेश केसी र जीव बेलबासे, सनमकुमार बैराग, कमला सेन्दाङ, कल्पना आङ्बुहाङ, बाचसपति रेग्मी, पर्शुराम राईको उपस्थितिमा उक्त गीतको भिडियो एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको भिडियोमा बेलायतमा स्थापित कलाकारहरुको अभिनय देख्न सकिन्छ । कल्पना आङबुहाङको शब्द सिर्जना रहेको गीतमा अशोक कुमार राईको संगीत छ । गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय छ ।

दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । मन इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडियोको निर्माण सुमन पुनले गरेका हुन् ।

भिडियोको निर्देशन सन्तकुमार राईले गरेका हुन् । निर्मात्री सुमन पुन एक कुशल ब्यवसायी हुन् । उनी नितान्त अलग फिल्डबाट आएकी हुन् । फ्यान यूकेकी सल्लाहकार समेत रहेकी सुमनले आगामी दिनमा चलचित्रमा निरन्तरता दिने बताएकी छिन् ।

ब्यवसायी सुमन गोर्खा सर्भिसेस लिमिटेड, लाइफ केयर म्यानेजमेन्ट र मन ट्राभल एण्ड टुर सर्भिसेस प्रालीकी म्यानेजिङ डाइरेक्टर हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!