लन्डनमा लेडिज नाईट तथा तीज २०२१ कार्यक्रम भव्यताका साथ सम्पन्‍न

SHARE:

नारायण सिङ गुरुङ
लन्डन भदौ ३० । ‘छेका छेका आइपुग्यो रेल, बिदा हुने भैसक्यो बेला,’ यही पुरानो गीत झाँकीमा गाएर अगस्ट २९ मा तमुधिं यूकेले आयोजना गरेको नेपाली मेलामा करिब ९ वर्षपछि अत्यधिक संख्यामा तमु समाज यूकेको उपस्थितिलाई अति नै सरहानीय मानिएको र सकारात्मक प्रतिक्रियाहरु सुन्दै गर्दा, नारीहरुको महान् पर्व तीजको पावन अवसरमा विगतका वर्षहरु झैं यस वर्ष पनि ११ सेप्टेम्बेर २०२१ शनिबार तमु समाज यूके आमा समूहले लन्डनको वेम्बली बरहाम पार्कस्थित आफ्नै तमु समाज यूके नेप्लीज कम्युनिटी सेन्टरमा लेडिज नाइट तथा हरितालिका तीज कार्यक्रम भव्यताका साथ सम्पन्‍न गरेको छ ।

तमु समाज यूके आमा समूहका अध्यक्ष उमादेवी गुरुङको अध्यक्षतामा आमा समूहका सचिव मीरा गुरुङले संचालन गरेको लेडिज नाईट तथा हरितालिका तीज २०२१ कार्यक्रममा हेल्थ एण्ड सेफ्टी बारेमा जानकारी दिएका थिए । आमा समूहका अध्यक्ष उमादेवी गुरुङ, जेष्ठ नागरिक मनकुमारी गुरुङ, आमा समूह निवर्तमान अध्यक्ष बिन्दु घले र आमा समूहका पूर्वअध्यक्ष माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी लेडिज नाईट तथा तीज २०२१ विशेष कार्यक्रमको समुद्घाटन गरेका थिए । दिप प्रज्वलनपछि कार्यक्रमको आरम्भमा नेपालको राष्ट्रिय गीत बजाइएको थियो। कार्यक्रममा तमु समाज यूकेका आमा समूहका दिदीबहिनीहरु र लन्डन वरिपरिका नेपाली नारिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

समुद्घाटनपछि लेडिज नाईट तथा तीज कार्यक्रमको मन्तव्य राख्नेक्रममा तमु समाज यूके आमा समूहका उपाध्यक्ष मथुरा गुरुङले स्वागत मन्तव्य, अध्यक्ष उमादेवी गुरुङले धन्यवाद मन्तव्य राखेका थिए ।

यसैगरी शुभकामना मन्तब्य राख्ने क्रममा आमा समूहका पूर्वअध्यक्ष माया गुरुङले लेडिज नाईट तथा तीज कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन पाउँदा अत्यन्त खुसी र गर्व अनुभूत गर्दै आयोजक समिति तथा उपस्थित सबैलाई हरितालिका तीजको शुभकामनासहित हार्दिक धन्यवाद व्यक्त गरेकी थिइन् । त्यसैगरी लेडिज नाईट तथा हरितालिका तीज कार्यक्रम भव्यताका साथ सम्पन्‍न गर्नको लागि तमु समाज यूकेका सदस्य महानुभावहरुले स्वतस्फुर्तरुपमा आर्थिक प्रायोजन र खाद्य वस्तुलगायत पेय पदार्थको सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै नामावली आमा समूहका कोषाध्यक्ष बिबा गुरुङले पढेर सुनाएका थिए ।

औपचारिक कार्यक्रमपछि तमु समाज यूके आमा समूहको एक सामूहिक तीज विशेष नृत्य कार्यक्रमको अन्तिम चरणमा तमु समाज यूके, आमा समूहको कार्यसमितिको गठन हुँदा छुट्न गएको कार्यसमितिको सदस्यहरु साथै आमा समूहको सल्लाहकारहरुलाई आमा समूहका अध्यक्ष उमादेवी गुरुङले खादा लगाएर बधाईसहित स्वागत गरेकी थिइन् ।

कार्यक्रममा सन्तोष गुरुङको संयोजनमा, कार्यसमितिका भोलिन्टियर सदस्यहरु, सल्लाहकारहरु तथा सदस्यहरुको सहयोगबाट तयार पारेका तीज विशेष खानामा आमा समूहका विभिन्न महानुभावहरुले पनि सेलरोटी, मिनेरल वाटर, अन्य पेय पदार्थ तथा आर्थिक प्रायोजन गरेर सहयोग गरेका थिए । दिउँसो ३ बजे सुरु भएको लेडिज नाईट तथा तीज २०२१को सम्पूर्ण कार्यक्रम बेलुका १०: ०० बजे अन्त भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!