गुरुङ मौलिक गीत ‘तोतै ङोल्स्यो’ रिलिज

SHARE:

न्युयोर्क । अमेरिकामा छायांकन गरिएको गुरुङ मौलिक गीत ‘तोतै ङोल्स्यो’ रिलिज भएको छ ।

एन्सर्ज गुरुङ र रुदमान गुरुङको बेजोड अभिनयमा निर्मित तोतै ङोल्स्यो गुरुङ गीत असोज १ गते यजम्रों इन्टरटेन्मेन्टबाट रिलिज गरिएको हो । उक्त म्युजिक भिडियो अमेरिकाको एट्लान्टा जर्जीया र न्यूयोर्क राज्यमा छायांकन गरिएको थियो ।

भिडियो विशेषगरी नेपालीहरु बाध्यता वा रहरले विदेशिए तापनि आफ्नो भाषा, परम्परा, संस्कार साथमा लिएर मौलिकता बचाउनु पर्छ भन्ने मूल सन्देशसहित निर्माण गरिएको हो ।

गीत हेरिसकेपछी दर्शक स्रोताहरुले विदेशमा सुटिङ गरिएतापनि आफ्नै नेपाल, गाउँघरको मौलिकता झल्किएको नायिका एवं मोडल एन्सर्ज गुरुङले प्रतिक्रिया जनाउनुभएको छ ।

गीतमा स्वर धनबहादुर गुरुङ, पवित्रा गुरुङले दिएका छन् भने शब्द रचना कमलबहादुर गुरुङको रहेको छ ।

यस्तै संगीत केशबहादुर गुरुङ, एरेन्ज धन बहादुर  गुरुङ, डान्स कोरियोग्राफी एन्सर्ज गरुङ, क्यामेरा शम्भू मोक्तान, कुल थापा र प्रेम गुरुङ हुनुहुन्छ । भिडियो सम्पादन खिमबहादुर गुरुङ, कलर साई भिजन काठमाडौं, निर्माता रुदमान गुरुङ रहनुभएको छ ।

यो पहिलो अफिसियल गुरुङ गीत अमेरिकामा सुटिङ भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!