धन किरन गुरुङ र दिपा लामा राइको किन हो किन सार्वजनिक

SHARE:

लण्डन असोज १८ ।

धन किरन गुरुङ र दिपा लामा राइको किन हो किन बोलको गीत सार्वजनिक भएको छ ।

लण्ड्नमा एक भब्य समारोहका बीच गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरका हातबाट सर्बजानिक भएको हो । बेलायतको लन्डन डि.जि प्रोडक्सन युकेद्वारा “किन हो किन” म्युजिक भिडियो सार्वजनिक भएको गायक गुरुङले जानकारी दिएका छ्न् । धन किरन गुरुङको स्वर, संगीत र रचनामा सजिएको गीतको म्युजिक भिडियोमा गायक तथा संगीतकार अशिक गुरुङले प्रतिभा नक्षत्र युकेकी बिजेता मिस सुबृना लिम्बुसंग पहिलो पल्ट डेब्यु गरेका छ्न ।

भिडियो रोमान्टिक लभ स्टोरी कथामा आधारित रहेको म्युजिक भिडियोका निर्मात्री श्रीमती अल्का गुरुङ हुन । उक्त गीतको रचना , संगीत र स्वर धन किरन गुरुङको आफ्नै रहेको छ भने महिला स्वरमा नेपाली चर्चित गायिका दिपा लामा राइको साथ रहेको छ। ुकिन हो किनु गीतको संगीत संयोजन सुरथ प्रधानले गरेका छन् भने उक्त म्युजिक भिडियोमा युकेका चर्चित निर्देशक तथा कोरियोग्राफर प्रभु गुरुङले गरेका छ्न । क्यामेरामा सुमन श्रेष्ठ , कलर ग्रेडिङ नबिन निरौला रहेका छ्न भने मेक अपमा पुस्पा गुरुङले साथ दिएकी छन् ।

ुकिन हो किनु म्युजिक भिडियो मा बेलायतका नयाँ पुस्ताका मोडेल आशिक गुरुङ र सुबृना लिम्बुले डेब्युमा नै दम्दार अभिनय गरेका छन् । आशिक गुरुङ कम्प्युटर इन्जिनेरिङ्ग र म्युजिक टेकनोलोजी अध्ययन सकेर डि जि प्रोड्क्सनका प्रबन्ध निर्देशक रुपका आफ्नो कलाकारितालाई अघि बढाइरहेका छ्न भने प्रतिभा नक्षत्र युकेका बिजेता सुबृना लिम्बु हाल बायोमेडिकल साइन्स युनिभर्सिटी अफ कीलमा डाक्टर बिषयमा अध्ययन गर्दैछिन ।

उक्त म्युजिक भिडियोले फेरि पनि दर्शक र स्रोताको मन जित्ने बिश्वास गर्दै ुकिन हो किनु पस्किएको निर्मात्री अल्का गुरुङ्ले जानकारी दिएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!