सिरियामा श्रृंखलावद्ध बम बिस्फोट, २४ जनाको मृत्यु

SHARE:

एजेन्सी कात्तिक ३ ।

सिरियामा श्रृंखलावद्ध बम बिस्फोट हुँदा १४ सैनिकसहित २४ जनाको मृत्यु भएको छ ।

सिरियाको दमसकसमा सेनाको गाडीलाई लक्षित गरि राखिएको बम बिस्फोट हुँदा १४ सैनिक मारिएका हुन् । केही समयको फरक गरी भएको अर्को बिस्फोटमा भने १० जना सर्वसाधारण मारिएका छन् । दमस्कसको उत्तर पश्चिम क्षेत्रको एक ब्यस्त बजारमा भएको बिस्फोटमा मारिनेमा केही बालबालिका समेत रहेका छन् ।

जिहादी समुहको पकड रहेको क्षेत्रमा भएको बिस्फोटका कारण दर्जनौ सवारीसाधनमा क्षति पुगेको छ । सिरियाका सन् २०१७ पछी भएको यो नै दोश्रो ठुलो बिस्फोट भएको हो । सन् २०१७ मा भएको आत्मघाती बिस्फोटमा ३१ जना मारिएका थिए । बिस्फोटको जिम्मा कसैले लिएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!