बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रूपमा सम्पन्न

SHARE:

कुमार केसी
नेपाल मुक्तक प्रतिष्ठान युके शाखाको आयोजनामा जुन २७ का दिन ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भर्चुअल जुम माध्यमबाट भव्य रूपमा सम्पन्न भएको छ ।

नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बेलायतका करिब २ दर्जन मुक्तककारहरूले आफ्ना निकै समसामयिक र खारिएका रचनाहरू वाचन गरेका थिए । नेपाल मुक्तक प्रतिष्ठान युकेका अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षता र सचिव गङ्गा भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा मुक्तक सन्ध्या कार्यक्रमका संयोजक प्रतिमा केसी ‘प्रवासी’ ले अतिथि तथा सहभागी सबैलाई स्वागत गरेका थिए ।

प्रतिष्ठानका सल्लाहकार डा. रूपक श्रेष्ठले यो कार्यक्रमको निरन्तरता र औचित्य बारे आफ्नो छोटो मन्तव्य राखेका थिए। प्रमुख अतिथिले आफ्नो छोटो शुभकामना मन्तव्य र उद्घाटन मुक्तक वाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा गजलकार विदेहमनि उपाध्याय, मुक्तककार संजीता देउजा, प्रतिष्ठानका सल्लाहकार त्रय डा. रूपक श्रेष्ठ सुमलकुमार गुरुङ र विनोद अधिकारी अतिथि थिए ।

कार्यक्रममा मुक्तककारहरू रामकाजी कोने, कुमार केसी, नृपेश उप्रेती, विनोद अधिकारी, प्रतिमा केसी ‘प्रवासी’, जीत बुढाथोकी छन्त्याल, अहिल्या कुँवर र मोहन आचार्य ‘जलद’, डा. रूपक श्रेष्ठ, राज श्रेष्ठ, सुमलकुमार गुरुङ, विनोद अधिकारी, संजिता देउजा, गङ्गा भण्डारी, रबिन्द्रलाल जोशी र माया गुरुङले ३/३ वटा निकै प्रेमिल, रसिक तथा समसामयिक विषयमा मुक्तकहरू प्रस्तुत गरेका थिए । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले प्रस्तुत मुक्तकहरू बारे समीक्षात्मक टिप्पणी गर्दै सबै रचनाहरू अत्यन्तै स्तरीय र मुक्तकको रचना विधान अन्तर्गत रहेको कुरा बए ।

मुक्तक विधाको विकास र विस्तारको लागी हालसम्म बेलायत शाखाले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै धन्यवाद समेत दिनु भयो । उक्त कार्यक्रममा हालै प्रकाशित दुई मुक्तक कृतिहरू पोख्तक र चौसुलका लागि डा. रूपक श्रेष्ठलाई र युद्ध उपन्यास कर्मवीरका लागि सुमलकुमार गुरुङलाई कृति सफलताको शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो भने अनेसास युकेका अध्यक्ष तथा मुक्तक प्रतिष्ठान युकेका कोषाध्यक्ष राज श्रेष्ठ अन्तर्राष्ट्रिय साहित्य समाजको केन्द्रीय उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएकोमा सहभागी सबैले कार्यकाल सफलताको लागि बधाई दिएका थिए ।

कार्यक्रमको अन्तमा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले अतिथि तथा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम निकै भव्य र सृजनाहरू स्तरीय रहेको कुरा बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!