
बेलायत – आज शनिवार १३ नोभेम्बर २०२१ को दिन विश्व नेपाली साहित्य महासंघ बेलायतको दक्षिण र पश्चिम शाखाको संयुक्त आयोजनामा रुपमा युद्ध साहित्य गोष्टि जुमको माध्यमद्वारा सम्पन्न भएको छ। आजको युद्ध साहित्य गोष्टिमा संसारभरिबाट ३६ जना साहित्यकारहरुले आ-आफ्ना सृजनाहरु पस्केका छन। अधिकांश कबिता र गीतहरु युद्धमा बीरगति प्राप्त गरेका गोर्खालीहरु, भिसी बिजेता भिसिहरु, गोर्खालीका आमा, श्रीमती तथा सन्तानहरुप्रति समर्पित थिए। यस साहित्य गोष्टि भोलि आइतवार पनि संचालनमा रहनेछ।
युद्ध साहित्य गोष्टीको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखाका अध्यक्ष लालसुन्दर राईज्युले गर्नु भएको थियो भने प्रमुख अतिथिमा भिसी शेर बहदुर थापाका नाती तथा बेल्जियमका लागि पूर्व नेपाली राजदूत लोक बहादुर थापालाई निम्त्याइएको थियो । संस्थाका उपाध्यक्ष भरत लोरुङ्ग राइले स्वागत मन्तब्य दिनुभएको दिनुभएको थियो भने संचालन संस्थाका सचिब शान्ति लिम्बुज्युले गर्नु भएको थियो। स्मरण रहोस यस युद्ध साहित्य गोष्टिका परिकल्पनाकार विश्व नेपाली साहित्य महासंघ बेलायत दक्षिण शाखाका अध्यक्ष तथा वातावरणविद विजय हितान हुन्।
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिका महासचिब सुनिता राई, बेलायतको पश्चिम शाखाको संरक्षक खेम गुरुङ, बिभिन्न साहित्यिक संघ संस्थाका अध्यक्षलगायत दर्जनौं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।






