ओमिक्रोनले युरोपेली राष्ट्रहरुको स्वास्थ्य प्रणाली तहस नहस पार्ने डब्लूएचओको चेतावनी

SHARE:

एजेन्सी पुष ७ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली राष्ट्रहरुको स्वास्थ्य प्रणाली तहस नहस पार्ने चेतावनी दिएको छ ।

युरोपमा कोभिडको अर्को बाढी आउँदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् । ओमिक्रोन नियन्त्रणका लागि युरोपका विभिन्न राष्ट्रहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरिरहेको अवस्थामा डब्ल्युएचओले बारम्बार चेतावनी दिंदै आएको छ ।

यसअघि जर्मनीले क्रिसमसको पूर्वसन्ध्यामा पार्टीमा जान र भिडभाड गर्न रोक लगाइसकेको छ । द नेदरल्यान्ड्सले तीन साता लामो लकडाउन घोषणा गरिसकेको छ भने पोर्चुगलले आगामी २६ डिसेम्बरसम्मका लागि बार र नाइट क्लब बन्द गर्ने घोषणा गरेको छ ।

त्यस्तै युकेका स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड राज्यले पनि प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । युरोपका अधिकांश देशमा ओमिक्रोन तीव्र रूपमा फैलिरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!