लण्डन, एस के ।
परम पूजनीय (H.H.) H.H. KYABJE GYANG KHANG RINPOCHE द्वारा युकेका विभिन्न स्थानहरूमा विशेष (Empowerment) तथा धर्मदेशना कार्यक्रम आयोजना हुने भएको छ। यसै क्रममा आगामी ७ जुन २०२६ मा एल्डरशटस्थित एम्पायर हलमा विशेष धर्मदेशना कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
उक्त कार्यक्रमको आयोजना Buddhist Gumba Reading UK, Sheddrup Dodjo Gatsal तथा Pema Kara Gatsal ले संयुक्त रूपमा गर्न लागेको हो। कार्यक्रममा बौद्ध धर्म, शान्ति, करुणा तथा आध्यात्मिक साधना सम्बन्धी विशेष उपदेश प्रदान गरिने बताइएको छ।
यस विशेष धार्मिक कार्यक्रमलाई केन्द्रमा राख्दै Buddhist Gumba Reading UK ले खेन्पो शिर लामा गुरुङको समन्वयमा एक प्रेस सम्मेलन आयोजना गर्ने भएको छ।
प्रेस सम्मेलनको विवरण यस प्रकार रहेको छः
मिति: ३१ जुन २०२६
स्थान: Buddhist Gumba Reading UK






