‘तिमी फूल बनेर’ नामक म्युजिक भिडियो सार्बजनिक

जमुना पुन
बेलायत – पुर्ख्यौली घर स्यांग्जा, शुरुबारी, बिरौटा निवासी हाल बेलायतमा बसोबास गर्दै आउनु भएको, सोपल समाज युकेका उपाध्यक्ष, क्वोने (घोथाने घोन्डे) गुरुङ (तमु) समाज युकेका कोषाध्यक्ष, कबि तथा गीतकार जगदीश गुरुङले ‘तिमी फूल बनेर’ नामक म्युजिक भिडियो सोमबार २७ डिसेम्बर २०२१ क दिन सार्बजनिक गरेका छन। जगदीश गुरुङको शब्द रचना रहेको यस म्युजिक भिडियोमा प्रवीण बेडवाल र ममता गुरुङले स्वर दिएका छनभने पुष्कर सुनवारले संगीत भरेका छन।
गीतकार जगदीश गुरुङले स्व. बाबा भुवन बहादुर गुरुङ र स्व. आमा बिष्णु कुमारी गुरुङको स्मृतिमा रचित तथा समर्पित गरिएको गीतलाई श्रीमती सीमा गुरुङले निर्माण गरेका हुन। यस म्युजिक भिडियोको निर्माणक्रममा बिशेष योगदान दिएबापत गीतकार गुरुङले मामा नर बहादुर गुरुङ र माइज्यु धन माया गुरुङलाई बिशेष धन्यवाद दिएका छन।
गीतकार गुरुङले म्युजिक भिडियो हेरेर प्रतिकृया दिनहुन, लाईक, सबस्क्राइब्स र शेयर गरिदिनहुन आग्रह गरेका छन।






