अमेरिकामा एकै दिन ओमिक्रोनका १० लाख नयाँ संक्रमित थपिए

SHARE:

एजेन्सी पुष २१ ।

अमेरिकामा कोरोनाका नयाँ संक्रमितको संख्या एकै दिन १० लाख पुगी नयाँ रेकर्ड राखेको छ ।

कोभिडको नयाँ भेरियेन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा अझ तीव्र रूपमा संख्या बढ्दै जाने बताइएको छ । डाटाका अनुसार सोमबार मात्र त्यहाँ १० लाख ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन्, त्यो विश्वकै सबैभन्दा उच्च रहेको जोन होप्किन्स युनिभर्सिटीले जनाएको छ । यसमा अधिकांश नयाँ बिरामीमा ओमिक्रोन भेरियेन्ट फेला परेको बताइएको छ ।

यसरी संक्रमण बढिरहँदा पनि स्कुलहरू खुलाएकोमा यति बेला राष्ट्रपति जो बाइडेन सबैतिरबाट आलोचित भइरहेका छन् । तर, नयाँ संक्रमित बढीरहेको भए पनि मृत्यु र अस्पताल भर्ना हुनेको दर भने पछिल्ला हप्ताहरूको तुलनामा एकदमै कम रहेको पाइएको छ । यद्यपि, अस्पताल भर्ना हुने क्रम विस्तारै तर निरन्तर बढीरहेको जनाइएको छ ।

डा. एन्थोनी फौसीले संक्रमण उच्च विन्दुमा पुग्ने दिन केही हप्ता मात्र टाढा रहेको चेतावनी दिएका छन् । साथै, उनले खोप नलगाएकाहरू कोभिड–१९ का कारण गम्भीर बिरामी पर्ने ठूलो जोखिममा रहेको पनि बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!