पूर्व गोरखा सैनिक गुरुङलाई लण्डन बोरो अफ बार्नेटमा काउन्सिलरको टिकट प्राप्त

SHARE:

लण्डन पुष २८ ।

पूर्व गोरखा सैनिक कमल गुरुङले लण्डन बोरो अफ बार्नेटमा काउन्सिलरको टिकट पाएका छन् ।

यही मे महिनामा हुने बेलायतको स्थानीय चुनावमा उनले स्थानीय ब्रन्टोक वडामा लेबोर पार्टीका तर्फबाट सो टिकट पाएका हुन् । उनी करिब डेढ दशकदेखि लेबोर पार्टीमा आवद्ध छन् । तमु समाज युकेमार्फत बेलायतको नेपाली समुदायिक सेवामा पनि सक्रिय गुरुङले आर्मीबाट अवकास पाएपछि अध्ययनलाई अगाडी बढाएका छन् ।

उनले बर्वेक कलेज, युनिभर्सिटी अफ लण्डनबाट राजनीति शास्त्रमा स्नातकोत्तर पनि गरेका छन् । तमु समाज युकेले उनलाई निर्वाचनमा सफलताका लागि शुभकामना व्यक्त गरेको छ । गुरुङले भने अहिले पार्टीभित्र मिडियामा कसरी प्रस्तुत हुने बारेमा छलफल भइरहेकाले त्यसपछि मात्र विस्तृतमा जानकारी दिने बताए । बेलायतको स्थानीय राजनीतिमा नेपालीहरुको स‌ंलग्नता बढ्दैछ ।

गुरुङले टिकट पाएको बार्नेट काउन्सिलमा उपमेयर समेत नेपाली मूलका लक्ष्यबहादुर गुरुङ रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!