नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने, कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा

SHARE:

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ । सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने छ । सो सडकको टोपे खोलामा बिहान ५:३० बजे र कालीखोलामा ८:३० बजे पहिरो खसेको थियो ।

6f]k]vf]nfdf klx/f]
gf/fo0fu9–d’lUng ;8ssf] 6f]k]vf]nfdf a’waf/ laxfg uPsf] klx/f] . cj?4 ePsf] ;8sdf PS;fe]6/ / nf]8/ k|of]u u/]/ klx/f] kG5fpg lbge/ nfUg] ePsf] 5 . tl:a/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

बिसुरालका अनुसार दुवै ठाउँमा दुई दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सिमसिम पानी परिरहेको र दुई पहिरोका बीचमा सवारी साधन रहेकाले एकतर्फी सडक सञ्चालन गरेर बीचमा रहेका सवारी कटाउने काम १ बजेसम्म गरिसक्ने उनले बताए । मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ । बीचको १८० मिटरमा मात्रै झन्डै ६० सवारीसाधन रहेको प्रहरीले जनाएको छ ।

पहिरोले पूरै सडक ढाकेको छ । टोपेखोलामा पहिरोले करीब ५० मिटर र कालीखोलामा ३५ मिटर ढाकेको बिसुरालले बताए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यथाशक्य छिटो एकतर्फी सवारी खुलाएर बीचमा अड्किएका गाडी सुरक्षित स्थानमा लैजान पहल भइरहेको बताए । ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ । यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको बताइएको छ ।

कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा
कालीकोट जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ती गाउँमा कुनै पनि निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि सुक्खा पहिरोले सताएको पचालझरनाको खार्दु, शुभकालिकाको छाती र नरहरिनाथको माझगोठीमा समस्या आएको छ ।

लगातारको वर्षाले गर्दा तीन स्थानका बासिन्दाको निद्रा हराम हुने गरेको पचालझरनाका चम्फसिं बस्नेतले बताउनुभएको छ । उहाँका अनुसार सुक्खायाममा गएको पहिरोको डरले अहिले बस्तीका बासिन्दा गाउँमा भन्दा पनि गोठतिर स्थायी बसोबास गर्न थालेको दुई वर्ष भइसकेको छ । तलतिर गाउँ छ, माथिल्लो भाग दरार भएर जोखिमयुक्त गाउँमा बस्न असुरक्षाका कारण अधिकांश स्थानीयबासी खार्दुको गाउँ छाडेर डुंग्री, कांग्रे, डाँडागाउँ, खिब्लालगायतका ठाउँमा बसाइँ सरेको बताइएको छ ।

अहिले पचालझरना गाउँपालिकाका वडा नं ३, साविकको राम्नाकोट गाविसको वडा नं ७, ८ र ९ रहेको सो बस्तीमा ३०० घरधुरी रहेको बताइएको छ । सो गाउँलाई पाँचवर्ष अघि बसाइँ अन्य जिल्लामा सार्ने भनिए पनि बेवास्ताका कारण जोखिम मोल्न बाध्य भएको स्थानीय बताउँछन् । त्यसैगरी, शुभकालिका गाउँपालिकाको वडा नं १ छातीको बस्तीको तल्लो भागबाट पहिरो गएको एक वर्ष भयो कसैको ध्यान नगएका कारण अहिलेसम्म ती बस्तीका एक दर्जन घरका बासिन्दाको उठिबास भएको छ ।

गएको वर्ष गोठमा बसेका स्थानीय हिउँदको समयमा घरमा आए पनि अहिले भने पुनः गोठमा फर्केका छन् । स्थानीय अर्जुन सुनारका अनुसार आफूहरुले पुनर्वासका लागि पहल चालेको भएपनि कुनै पनि निकायको ध्यान जान सकेको छैन । यस सम्बन्धमा शुभकालिका गाउँपालिकाका प्रमुख खडानन्द चौँलागाईले सो बस्तीका ११ घरपरिवारलाई वैकल्पिक व्यवस्थामा जोड दिएको बताउँदै अहिले अति जोखिममा रहेको अमृते सुनारलाई अन्यत्र व्यवस्था गरिएको र अन्य घरपरिवारलाई तत्काल उचित व्यवस्थापन गर्न लागेको बताएका छन् ।

त्यसैगरी, पाँचवर्ष पहिलेदेखि पहिरोको जोखिममा रहेको नरहरिनाथ गाँउपालिका–४ को माझगोठीमा गाउँको तल्लो भागमा पहिरोले जमीन भाँसिदै गएपछि सो बस्तीका स्थानीयको विचल्ली भएको छ । वर्षाको समयमा आफूहरु घर छोडेर बस्नुपर्ने बाध्यता आइलागेको बताउँछन् स्थानीय टेकबहादुर विक । ४० घर रहेको सो दलित बस्तीमा अहिलेसम्म गाउँपालिकालगायतका निकायमा बस्तीको जोखिम कम गर्नका लागि मागसहित पहल गरेपनि कसैको ध्यान नगएको बताउँदै जीवन विकले आफूहरुका लागि ध्यान दिने न त स्थानीय निकाय छ न त कुनै माथिल्लो सरकार, आफूहरुले राखेको माग पुनर्बास हो कुनै पनि निकायले ध्यान नदिएको जीवनको गुनासो रहेको छ ।

यस सम्बन्धमा माझगोठीको समस्याबारे आफूहरु गम्भीर भएको उल्लेख गर्दै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले निवेदन आएको र सो बस्तीको पुनर्बासका लागि स्थानान्तरण गर्न पहल भएको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!