मिलन तमुले ल्याए ‘रोधीघर आँगन-३’ गीत

SHARE:

लन्डन । बेलायतवासी सञ्चारकर्मी मिलन तमुको शब्द रचनामा रहेको मौलिक गीत ‘रोधीघर आँगन-३’ सार्वजनिक भएको छ । शनिबार अर्चुअल माध्यम आयोजित कार्यक्रममा उक्त गीत ‘आरके गुरुङ युट्युब च्यानल’मार्फत लोकार्पण गरिएको हो । तमुले यो गीतलाई आमा स्व. दिलकुमारी गुरुङप्रति समर्पित गर्नुभएको छ ।

तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ (एमभिओ) को अध्यक्षता र सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठको सञ्चालन रहेको कार्यक्रममा बेलायत तथा नेपालमा क्रियाशील संस्थाहरुका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी, पत्रकारलगायतले रोधीधर आँगन ३ को निर्माणमा संलग्न सबैलाई धन्यवाद, बधाई अनि सफलताको शुभकामना दिएका थिए । उनीहरुले सिर्जना अत्यन्तै सुन्दर रहेको भन्दै यसले नेपाली कला, संस्कृति सदैव जीवित राख्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर गुरुङ, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ, सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ, गीतकार एकेन्द्र गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष काजी गुरुङ, क्‍वोने घोताने घोन्डे तमु समाज यूकेकी चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, सूर्य रामचन्द्र गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष मिन साइँला गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, गोर्खाली रेडियो पोखराकी प्रबन्ध निर्देशक खिमा गुरुङ, गायिका उषा गुरुङ, पत्रकार टीकाराम तामाङलगायतको उपस्थिति थियो ।

मौलिक गीत रोधीघर आँगन ३ को गत माघ १८ गते काठमाडौंको धापासीस्थित मेगा सिटी हाइटमा छायांकन गरिएको थियो । यो गीतमा गोर्खा मिडियाका प्रबन्ध निर्देशकसमेत रहनुभएका तमु अलावा गायक, संगीतकार आरकेको मुख्य भूमिका रहेको छ ।

गीतमा स्वर आरके गुरुङ/तारा श्रीस, पबित्रा गुरुङ र प्रितम गुरुङको रहेको छ भने लय आरके गुरुङले गर्नुभएको छ । एरेन्ज तेजेन्द्र गुरुङ, छायांकन शम्भू चालिसे, निर्देशक तथा कोरियोग्राफर दिप गुरुङको रहेको छ भने नृत्यमा पश्चिमाञ्चल कल्चर ग्रुपले भूमिका निर्वाह गरेको छ । श्रृंगार अनु गुरुङको रहेको छ । कास्कीमा जन्मनुभएका सर्जक तमु भूपू ब्रिटिस आर्मी हुनुहुन्छ । उहाँ र आरकेले २०७५ सालमा रोधीघर भाग २ ल्याउनुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!