पीर गीत यूट्यूबबाट हटाउन प्रकाश सपुतलाई जनप्रगतिशील मंच युकेको आग्रह

SHARE:

लण्डन फागुन ३० ।

जनयुद्ध र महिला समुदायमाथि प्रहार गरिएको भन्दै पीर गीत यूट्यूबबाट हटाउन गायक तथा कलाकार प्रकाश सपुतलाई जनप्रगतिशील मंच बेलायतले आग्रह गरेको छ ।

मंचका अध्यक्ष मानबहादुर गुरुङ र महासचिव विमला लिम्बूद्वारा जारी विज्ञप्तिमा गीत संगीतले समाज विकासमा खेलेको सकारात्मक भूमिकाप्रति सम्मान व्यक्त गर्दै सपुतद्वारा हालै सार्वजनिक गरिएको गीतको भिडियोमा जनयुद्ध र महिलालाई गलत रुपमा प्रस्तुत गरिएकोमा आपत्ति व्यक्त गरिएको छ । ”जनयुद्धबाट राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता, उत्पीडित वर्ग रसमुदायको समानुपातिक सहभागिता लगायतका अग्रगामी परिवर्तनहरुको स‌ंवैधानिक ब्यबस्था सम्भव भएको कुरा कसैबाट छिपेको छैन”, विज्ञप्तिमा भनिएको छ ।

समाज परिवर्तन र विकास जादुको छडी जस्तो छिटो नभई केही संघर्ष र लामो समय लाग्ने स्मरण गराउँदै विज्ञप्तिमा केवल व्यक्तिगत स्वार्थ तथा फाइदाको लागि परिवर्तनका आयामहरुलाई बदनाम गराउन खोज्नु पश्चगामी सोच भएको बताइएको छ । सपुतको गीत र भिडियोमा अनपेक्षित गलत बिम्बको रुपमा पितृसतात्मक अहंकार प्रस्तुत गरिएको तथा नारी अस्मितामा नाङ्गो प्रहार गर्न खोजिएको विज्ञप्तिमा आरोप लगाइएको छ ।

जनयुद्ध तथा जनताको नेतृत्वमा भएका परिवर्तनलाई बदनाम गरी स्वार्थको रोटी सेक्ने, निजि प्रचार तथा ब्यापार बढाउने अधिकार कसैलाई नभएको र उक्त सामग्री आत्मालोचनाका साथ तत्काल हटाउन पनि माग गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!