नेपाल स्टार विजेता एलिना गुरुङ बेलायतमा

SHARE:

लन्डन १५ मार्च । नेपाल स्टार विजेता एवं गायिका एलिना गुरुङ बेलायत आइपुगेकी छन् । मार्च २६ तारिखमा हुने क्‍वोंने (घोताने, घोण्डे) गुरुङ (तमु) समाज युकेको वार्षिक भाइखलक तथा चेलीबेटी भेटघाट कार्यक्रम २०२२ का लागि गायिका गुरुङ सोमबार साँझ बेलायत आएकी हुन् । उनलाई हिथ्रो विमानस्थलमा क्‍वोंने (घोताने, घोण्डे) गुरुङ (तमु) समाज युके अध्यक्ष क्या पिताम्बर गुरुङ, काउन्सिलर लक्ष्य गुरुङ, तमु धिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु धिं यूकेका कोषाध्यक्ष कमल गुरुङ, नेसाका अध्यक्ष केसबहादुर गुरुङ, कार्यक्रम संयोजक शान्त गुरुङ, सचिव इन्द्र घोताने, क्याप्टेन नारायनबहादुर गुरुङ एमभिओ, गायिका ममता गुरुङ, क्‍वोंने, घोताने, घोण्डे तमु समाज युकेकी चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङलगायत स्वागतका लागि गएका थिए ।

विमानस्थलमा स्वागतपछि फेल्थामको गोर्खा दरबार रेस्टुरेन्टमा पुगेर डिनर लिएका थिए । त्यसमा क्‍वोंने, घोताने, घोण्डे तमु समाज युकेकी चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले पुष्पगुच्छा, खादा ओढाएर गायिका एलिना गुरुङलाई स्वागत गरेकी थिइन् । अन्त्यमा अध्यक्ष क्या पिताम्बर गुरुङले एलिनालाई स्वागत गर्न उपस्थित सबैलाई धन्यवाद दिँदै २६ मार्चको वार्षिक भेटघाटका लागि सबैलाई निमन्त्रणा गरेका थिए ।

त्यस्तै गायिका गुरुङका लागि २६ मार्चसहित विभिन्न कार्यक्रम तय भएको पनि उहाँले जानकारी गराएका थिए ।

२६ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा दिउँसो २:३० बजे सुरु हुने क्‍वोंने, घोताने, घोण्डे तमु समाज युकेको कार्यक्रमका लागि चेलीबेटी तथा ज्वाइँलाई नि:शुल्क र भाइखलकलाई २० पाउन्ड शुल्क तोकिएको चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले जानकारी दिइन् । कार्यक्रममा नेपाल स्टार विजेता एलिना क्वोंन्स्यो नेपालबाट सहभागी हुने र चर्चित गायिका ममता गुरुङको प्रस्तुतिका साथै सुन्दर नृत्यहरु रहनेछ । त्यस्तै अध्यक्ष क्याप्टेन गुरुङको प्रायोजनमा गोर्खा लाइभ ब्यान्ड र राफल ड्र लगायत पनि कार्यक्रम आकर्षण रहेको चेलीबेटी प्रमुख गुरुङले जानकारी दिइन् ।

राफल ड्रका लागि पहिलो पुरस्कार एक तोला सुनको बेरुवा औंठी रहेको छ । जसको स्पोन्सर चेलीबेटी प्रमुख चन्द्रदेवी क्वोंन्स्यो/क्याप्टेन नारायनबहादुर गुरुङ एमभिओले गरेका छन् । साथै विभिन्न राफल ड्र का आकर्षक पुरस्कारहरु पनि राखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!