लन्डन ५ अप्रिल २०२२ । प्रतिभा नक्षत्रको अध्यक्षमा सिम्मी पुन चयन भएकी छन् । लन्डनमा सम्पन्न दोस्रो महाधिवेशनले पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । पुन अध्यक्षमा निर्वाचित भएको दोस्रो पटक हो । सिम्मी कुनै समयकी चर्चित मोडल हुन् । उनले केही चल्तिका भिडियो तथा विज्ञापनहरुमा काम गरिसकेकी छिन् । पछिल्लो समय बेलायतमा रहेर पनि कलाकारिता तथा समाजिक अभियन्ताको रुपमा उनले आफूलाई स्थापित गरेकी छिन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा लक्ष्मण गुरुङ, लिलादेवि गुरुङ, महासचिवमा निकोलस अलेखजेन्डर हाडजियानिस, सह-महासचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा बिजया दाहाल भन्डारी साथै सदस्यहरुमा सूर्यबिक्रम केसी, मेरिना श्रेष्ठ, राजेन्द्र खस, मिली राई, बसन्ती राना, गहेन्द्रमान श्रेष्ठ, दिर्घ केसी, रेशम बस्याल र प्रमोद अधिकारी चुनिएका छन् । बाँकी रिक्त सदस्यहरु कार्यसमिति बैठकले निर्णय लिने बताइएको छ ।
महाधिवेशनको दोस्रो सत्रमा निर्वाचन कमिटीका पदाधिकारीहरु हरिकुमार मल्ल, प्रसिद्ध प्रधान र श्रीभक्त खनालको टिमले निर्वाचन प्रक्रिया, नयाँ कार्यसमिति घोषणा साथै सर्वसम्मत निर्वाचित कमिटीलाई पद तथा गोपनियताको शपथ गराएको थियो । कार्यक्रममा बरिष्ठ गायिका मिरा राणा प्रमुख अतिथी र बरिष्ठ गायक किरण प्रधान विशेष अतिथीका रुपमा जुममार्फत सहभागी भएका थिए । सो अवसरमा संस्थाका प्रमुख संरक्षक मनिष कुमार श्रेष्ठले प्रतिभा नक्षत्रको उद्देश्य तथा यसका गतिविधिबारे बोलेका थिए ।
सन् २०१७ देखि प्रतिभा नक्षत्रले हरेक वर्ष एउटा मुख्य कार्यक्रम गरी नेपाली भाषा, मौलिक कला-संस्कृति, साहित्य संगीतलाई बिदेशमा चिनाउने साथै बेलायतमा रहेका अन्य समुदायहरुसँग हातेमालो गर्ने उद्देश्य राखेको भएपनि कोरोना महामारीका कारण गत वर्ष कार्यक्रम हुन सकेन । तर महामारी अन्त्यसँगै प्रतिभा नक्षत्र एकाडेमीको अवधारणासहित आफनै कार्यकक्षबाटै विभिन्न कार्यक्रम जस्तै योगा, शारीरिक व्यायाम कार्यक्रम शुरु गरेको छ ।






