अबको शिक्षा सीप र उत्पादनमा आधारित हुन्छ:  मन्त्री पोखरेल

SHARE:

काठमाडौँ, सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आइतबार देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ ।

‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आइतबार जागरण अभियान सञ्चालन गरिएको हो ।

अभियानकै शुरुआतमा आइतबार देशभरि नै प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा सीप र उत्पादनमा आधारित प्राविधिक शिक्षा हुने बताए ।

उनले नेपालको शिक्षालाई विश्व शिक्षासँग जोड्न पनि प्राविधिक र व्यावहारिक शिक्षा आवश्यक रहेको बताए । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई साकार पार्न सरकार प्राविधिक शिक्षामा लगानी बढाई यसको विस्तार गर्ने योजनामा रहेको पनि उनले बताए ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी० लाई पुनर्गठन गर्ने तयारी गरिएको पनि जानकारी दिए ।

उनले भने – “चिकित्सा क्षेत्रमा सुधारकै लागि भनी अब डा गोविन्द केसीले पटक पटक अनशन बस्नु पर्दैन । सबै मुद्दाको समाधान वार्ताको माध्यमबाट खोजिनुपर्छ ।”

कार्यक्रममा सिटिइभिटीका सदस्य सचिव पुष्प वाग्ले, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष कश्यप पौडेल तथा निजी प्राविधिक शिक्षालय महासंघका अध्यक्ष शैलेन्द्रमोहन झालगायतले सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विस्तार गर्नुपर्ने बताए ।

प्रभातफेरीमा शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, निजी प्राविधिक शिक्षालय महासंघलगायत प्राविधिक शिक्षासँग सरोकारवाला संस्था तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!