काठमाडौं अप्रिल ११ ।

नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तनहुँमा जेल भोगिरहेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन्।
त्यस्तै, सर्वोत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले पाएकी छन् । शाह र शर्माले ‘म यस्तो गीत गाउँछु( २’ बाट सर्वोत्कृष्ट नायक र सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेका हुन् । सोही चलचित्रबाट सुदर्शन थापाले पनि सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन्। वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु २’ नै घोषित भएको छ ।
चलचित्र विकास बोर्डमा सोमबार आयोजित एक कार्यक्रममा सर्वोत्कृष्ट नायक र नायिकाको अवार्ड दिइएको हो। त्यस्तै, सोही चलचित्रबाट आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् ।
समारोहमा सहभागी नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले जेल परेका पललाई ‘मिस’ गरेको बताए ।






