ग्रेटर रुश्मूर बेलायतले नेपाली नयाँ वर्ष मनाउने

SHARE:

लण्डन अप्रिल १५ ।

ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी जीआरएनसी बेलायतले नेपाली नयाँ वर्ष मनाउने भएको छ ।

१७ अप्रिलका दिन आइतबार स्थानिय एम्पाएर ब्यान्क्वेटिङ हलमा हुने सो कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको उपस्थितिका साथै नेपाली खानाको पनि व्यवस्था रहने अध्यक्ष मान गुरुङले जानकारी दिए ।

यो वर्षको कार्यक्रममा पहिलो नेपाली तारा २०२१ विजेता इलिना गुरुङले गीत, डीएमटी ब्याण्डले नेपाली संगीत, निर्मल थापाले पाइपर, स्थानिय बालबालिकाहरुको नाच, सयपत्री समूहको नाच, हेम विष्टको डिजेइङ साथै तुरुन्तै फ्री फोटो पाइने पनि उनले बताए ।

कार्यक्रमको प्रमुख अतिथि युकेका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, रसमुरका मेयर अफ ब्रुस थोमस, काउन्सिल लिडर डेविड क्लिफ्फोर्ड तथा ब्यापारिक, कम्युनिटी र अन्य नेतृत्वहरुको उपस्थिति रहनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!