हाइटेन्सन लाइनमा झुण्डिएका व्यक्तिको उद्धार

SHARE:

काठमाडौं जुन ११ ।

नुवाकोट ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि सेनाको टोलिले उद्धार गरेको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए । बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।

बिहान १० बजे बिजुलीको पोलमा चढेर तारैतार यात्रा थालेका उनले दिनभर सबैको ध्यान खिचेका थिए । प्रेम पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली(३ ए को उत्पादन नै बन्द गरेको थियो । उत्पादन बन्द हुँदा देशका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जानकारी दिएको छ ।

यसका साथै प्रतिघण्टा १० लाख घाटा भएको बताइएको छ । १० घण्टामा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!