बेलायतमा जुलाई ९ मा ‘म्युजिकल नाइट’ हुने

SHARE:

लन्डन २४ जुन २०२२ । ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) ले ९ जुलाई शनिबारका दिन साँस्कृतिक कार्यक्रम (म्युजिकल नाइट) गर्ने भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा बेलुकी ६ देखि १० बजेसम्म सो सांगीतिक साँझ हुने जीआरएनसीका अध्यक्ष मान गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा जीआरएनसीको निमन्त्रणामा नेपालबाट आएका कलाकारहरु निरबहादुर आले (हास्य कलाकार), रीना थापा मगर (नृत्यांगना), शान्तारानी परियार (लोक तथा दोहोरी गायिका) र बिलन (रनबहादुर) थापा, (लोक तथा दोहोरी गायक)ले प्रस्तुति दिनेछन् ।

कार्यक्रममा प्रवेश शुल्कबाट उठेको रकम मानवीय सहयोगमा खर्च गरिने अध्यक्ष गुरुङले बताए । प्रवेश शुल्क मात्र १० पाउन्ड तोकिएको छ । कार्यक्रममा उपस्थित जनाई मनोरन्जन दिन र नेपाली कलाकारलाई हौसला प्रदान गरिदिन अध्यक्ष गुरुङलाई बेलायतवासी नेपाली समुदायलाई आग्रहसमेत गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!