गायिका शर्मिला बर्देवाको “यो मुटुको” छायांकनलाई सलिना र सरोजको साथ

SHARE:


दिनेश कुमार परियार

लण्डन/ लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत “यो मुटुको” सर्बजनिक भएको छ । युवा गीतकार रबी मल्लले लेखेका र चर्चित युवा संगीतकार कल्याण सिंहको संगीतमा रहेको यो मुटुको बोलको गीत शनिबार गायिका बर्देवाको आफनै युटयुव च्यानलबाट रिलिज गरिएको हो ।

शर्मिला बर्देवा अफिसियल युटुब च्यानलबाट रिलिज भएको यो मुटुको म्युजिक भिडियो निर्देशन भने बेलायतमै बसोबास गर्दै आएका चर्चित कलाकार तथा नृत्य निर्देशक प्रभु गुरुंगले गरेका छन्। भिडियोमा सलिना थापामगर र सरोज केसी लगायत सुदेश गौचन र नरबहादुर गुरुंगको समेत अभिनय रहेको छ । भिडियोको छायाँकन र सम्पादन दुवै सुमन श्रेष्ठले गरेका हुन । भिडियोको कलर ग्रेडिङ नवीन निरौलाले गरेका छन भने श्रृङ्गार पुस्पा गुरुङले गरेकी छिन् ।एसबी वलर््ड म्युजिकको व्यानरमा गायिका बर्देवाका श्रीमान सरोज परियारले भिडियोको निर्माण गरेका हुन।

थुप्रै म्युजिक भिडियोमा देखिएकी लोकप्रिय कलाकार सलिना थापा मगरले हालसालै मात्र सनम कुमार बैरागद्धारा निर्देशित चलचित्र कैदीको पत्रमा पनि अभिनय गरेकि छिन। पछिल्लो समयको सर्वाधिक लोकप्रिय सामाजिक संजाल टिक टोकमा धुम मचाउन सफल कलाकार सरोज केसीको भने यो पहिलो डेब्यु म्युजिक भिडियो अभिनय रहेको छ।

कलाकार बर्देवा दुई दशक अघि देखि आधुनिक, लोक, राष्ट्रिय गीत लगाएत नेपाली सिने जगतकी चर्चित तथा भर्सटाईल पाश्र्व गायिका समेत रहेकी छिन । उनले गाएका दर्जनौं लोकप्रिय गीतहरु मध्ये आँखैमा झलझली हितैको दौँतरी, फूलको जवाफ पत्थरले दिनेलाई, मेरो हजुरलाई के दिउँनी भेट, निल काडाझै मन फुल्यो, रक्सी बेचे आलु बेचे, सर सर अलि ओर, हिउँचुलीमा हिउं, लगायत पाश्र्व गायनमा आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ, तस्वीरमै येस्तो, बेहुली हुने रहर, कान्तिपुरि हो कि यो हो प्रेम नगरी, चोली टीम्मिक्कै, सुनको बिहानि, मनकि चरी उडि उडि, बेला बज्यो कताकता जस्ता सयौं भन्दा बढी गीत चर्चित छन् ।

स्वदेश छाडेर बिदेशीयता पनि गयिका बर्देवाले आफ्नो संगीत र भाषालाई निरन्तरता दिदै आएकी छिन् । उनले आफ्नो स्वरले साथ दिइन्जेल क्रमश गीतहरु गाईनै रहने बताईन।

यस अघि २०७३ सालमा पनि सङीत्कार बसन्त सापकोटा र गीतकार नृपेश उप्रेतीको “मेरो ठुम्कामा” बोलको गीतको म्युजिक भीडीयोको सार्वजनिक गरिएको थियो । पछिल्लो पटक सङीत्कार हरि लम्सालको सङीत अनि राजु बाबु श्रेष्ठको रचनामा थाहा छैन के के पाए के के गुमाए बोलको गितको भिडियो पनि गायिका बर्देवाको आफनै युटयुव च्यानलबाट रिलिज गरिएको थियो।

यी बाहेक प्रकाश् पूंजको सब्द र शिखर सन्तोषको सङीतमा मेरो मनमा बस, डाक्टर दुर्गा बहादुर सुबेदिको शब्द अनि बिसि राईको सङीतमा फुलहरू फुल्न थाले जस्ता गितहरू बजारमा आएसकेका छन् । गायिका तथा संगीतकार मिरा रानाको गित फाटे सिउथे चौबन्दी मन सिउने धागो छैन, संगीतकार तथा वरिष्ठ भायलिन बादक रूपक शाहिसमुदाको सङीतमा चाहिदैन चाहिदैन, रमाइलो जुनेलि रात लगायत हरिभक्त कटुवालको शब्दमा, बन कुसुमको कुन्ज भित्र बिरही बोलको गितहरुको रेकर्डिङ कार्य समापन भैसकेको र छिटै सर्बजनिक हुने जानकारी दिईन् ।

सात सयभन्दा बढी गीतहरुमा आफ्नो आवाज दिइसकेकी शर्मिलाले शास्त्रीय गायनमा डिप्लोमासमेत गरेकी छन् । उनले नेपाली, नेवारी, मैथिली,भोजपुरी, हिन्दी तथा पन्जाबी लगायतका अन्य भाषाहरूमा समेत आफ्नो आवाज दिईसकेकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!