बेलायतमा आइतबार हुने पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको तयारी पूरा

SHARE:

लन्डन ३० जुलाई । राष्ट्रिय तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाद्वारा आयोजना गरिएको पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको छ । आइतबार जुलाई ३१ तारिखमा अल्डरसटको एम्पार हलमा हुन गइरहेको पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको तयारी पूरा भएको प्रतिष्ठानको अध्यक्ष टंक शेरचनले जानकारी दिएका हुन् ।

कार्यक्रममा नेपालदेखि आएका चर्चित लोक तथा दोहोरी कलाकारहरु शान्ता रानी परियार, राजन कार्की, अस्मिता डल्लाकोटी, बिलन थापामगर, भूमिका शाह र विशाल रायमाझीबीच घम्साघम्सी लाईभको मज्जा लिन सकिनेछ भने लाईभ दोहोरीपश्चात् सम्पूर्ण कलाकारहरूको एकल प्रस्तुतिसमेत रहने अध्यक्ष शेरचनले जनाए । साथै मोडल तथा डान्सरहरू रिना थापा मगर र विपना गुरुङको बेजोड नृत्यका साथै निर आले मगरको हास्यव्यंग्य प्रस्तुति रहनेछ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखा सम्पूर्ण नेपाली हरूको साझा संस्था भएकोले बेलायतमा जतिपनि संघसंस्थाहरु छन् लगभग सबैलाई औपचारिकरूपमा निमन्त्रणा गरिएको र कसैलाई निमन्त्रणा छुट्न गएमा विभिन्न सामाजिक सञ्जालमार्फत गरिएको विज्ञापन तथा निमन्त्रणालाई आधार मानेर कार्यक्रममा सहभागी भएर शोभा बढाइने स्वर्णिम साँझ कार्यक्रमका संयोजक प्रतिष्ठानका प्रथम उपाध्यक्ष लक्ष्मण रानामगरले आशा व्यक्त गरेका छन् ।

कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने छ भने औपचारिक कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रत्न शाहीले गर्नेभएको छ भने सांगीतिक कार्यक्रमको संचालनद्वय कलाकार मनसुदन थापा मगर र कल्पना श्रीपालले गर्नेभएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!