हार्दिक धन्यवाद
२८ सौं आदिबासी दिबसको उपलक्षमा म्याग्दी जिल्ला, चिमखोला निवासी म दुत पुन (चिम्खोले काईला) ले बेलायतमा रहेर नेपाली साहित्य, गित संगीत, पत्रकारितामा र सामाजिक सेवामा बिशेष योगदान पुराए बापत खडा र प्रमाणपत्रद्वारा समान गर्नुहुने नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाज्यु, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका अध्यक्ष शान्तकला राईज्यु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष गोमा रानाज्यु, नेपाल आदिवासी जनजाति साहित्य तथा लेखक महासंघ युकेका अध्यक्ष अमित थेबे (मिहाङ) ज्यु र नेपाल आदिवासी जनजाति युवा महासंघ तदर्थ समितिका युकेका सहसंयोजक रुद्र थापज्युलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
मेरा हरेक लक्षहरुलाई साथ दिएर मलाई यो स्थानमा ल्याउनुहुने मेरा प्यारी श्रीमती जमुना पुनज्युलाई पनि हार्दिक धन्यवाद तथा असिम प्यार टक्र्याउन चाहन्छु ।
नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाज्युले साहित्यकार, पत्रकार तथा समाजसेवी दुत पुन (चिम्खोले काईला) ज्युलाई एभेरेष्ट टाईम्स युकेका सहसम्पादक तथा समाजसेवी जमुना पुनले चिम्खोले काईलालाई यो स्थानमा ल्याईपुराएको भन्दै फूलको बुक्कीले सम्मान गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं।
बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्यज्यु र अध्यक्ष कर्मा पहाडी शेर्पाज्युको बाहुलीद्वारा सम्मानित हुन पाउदा अत्यन्त गौरान्बित भएका छौं। धन्यवाद। सलाम।







