लन्डन २८ अगस्ट २०२२ । गोर्खा सैनिकको जीवनकथामा आधारित नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’बेलायतको अल्डरसटमा प्रिमियर शो सम्पन्न भएको छ ।
पूर्वगोर्खा सैनिक ग्रयान्ड मास्टर राजकुमार राई अल्डरसटस्थित प्रिन्सेस हलमा शनिबार दिउँसो उक्त चलचित्र भव्यरुपमा प्रिमियर शो गरिएको हो । चलचित्रमा राजकुमार राई मुख्य कलाकारको भूमिकामा छन् । रेडकार्पेटसहित भएको प्रदर्शनमा क्यानडासहितको दर्शकले हल खचाखच भएको थियो । चलचित्र हेर्न नेपाली भूपू अफिसर, नेपाली, गैरनेपालीको उपस्थिति थियो ।
कार्यक्रममा नायक/नायिकालाई पाइपरले धुनले हलमा स्वागत गरिएको थियो । लक्ष्मी लारा राईले सञ्चालन गरेको कार्यक्रममा हन्स्लोका मेयर विष्णुबहादुर गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरलगायतको उपस्थिति थियो ।
अनियता उक्त चलचित्रका एक्सन याक्टर हुन् । त्यस्तै चलचित्रमा राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बु र उनकी छोरीको मुख्य अभिनय छ ।
चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई र निर्माता मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् । निर्माता प्रस्तुतिकर्ता विजया राई, रवि थापा, धन लिम्बु, मिलन राई रहेका छन् भने फिल्म सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको हो । छायांकन दिर्घ गुरुङ, द्वन्द्व एनबी महर्जन, गायक राजेश पायल राई, गायिका बबिना किराती, संगीत सन्तोष दुमी, आनन्द राई छन् । पोस्ट प्रोडक्सन विमल धमला र सीमा राई छन् ।






