बरिष्ठ पत्रकार तथा साहित्यकार खिलध्वज थापाको बकपत्र

SHARE:

चिम्खोले काईला

टेनिरिफ आइल्याण्ड स्पेन – गतबर्षतिर चर्चित गीतकार तथा बरिष्ठ साहित्यकार भाबेश भुमरीज्युसंग समय-समयमा म्यासेन्जरद्वारा भालाकुसारी भैरहन्थ्यो। भालाकुसारी गर्नेक्रममा भाबेशज्युले नेपालका बरिष्ठ पत्रकार तथा साहित्यकार खिलध्वज थापाज्युद्वारा लिखित पुस्तक बकपत्रको भाषा सम्पादक गर्ने जिम्मेवारी पाएको कुरा पनि जानकारी गराउनुहुन्थ्यो। खिलध्वजज्युले मलाई चिन्नु हुदैन होला तर मैले चाही नेपालको राष्ट्रिय समाचार (रासस) को प्रधान सम्पादक तथा नेपाल लांघाली परिवारको संस्थापक अध्यक्षको रुपमा चिन्दछु। सन् २००७ मा नेपाल मगर संघको भवनमा बरिष्ठ साहित्यकार तथा पुर्ब एसएसपी नरु थापा र खिलध्वज सरहरूसंग मेरो पहिलो भेट भएको थियो।

गत अप्रिल महिनामा नेपाल गएको समयमा भाबेशजीसंग म दुत पुन (चिम्खोले काईला) द्वारा लिखित पुस्तकहरु, सुनदन्ते (कबिता संग्रह), युकेको जिन्दकी (कबिता संग्रह), अर्ली भाई (कथा संग्रह), मगर संघ युके इतिहाँस देखि बर्तमानसम्म, गोलार्द्धलाई चक्कर मार्दा (नियात्रा संग्रह) र लोसोगोठ देखि बकिङ्ग घम प्यालेससम्म (बायोग्राफी) बोकेर काठमान्डौस्थित बिभिन्न पुस्तकालयहरुमा उपहारको रुपमा वितरण गर्दै रत्न पुस्तक भण्डार पुगेका थियौं। रत्न पुस्तक भण्डारमा नेपालका बरिष्ठ पत्रकार तथा साहित्यकार खिलध्वज थापाज्युद्वारा लिखित पुस्तक “बकपत्र” मेरो नजरमा परिहाल्यो। सो बकपत्र किनेर बेलायत आए। बेलायतमा अन्य कार्यब्यास्तताले गर्दा पढ्ने मौका जुरेको थिएन।

मेरी कान्छी छोरी डा प्रियंकाले उनको डाक्टरी पेशाको पहिलो मासिक तलब म बुवा दुत पुन र मम्मी जमुना पुनलाई स्पेनको कनारी आइल्याण्डस्थित टेनिरिफ आइल्याण्ड घुमाउन लैजानको लागि समर्पित गरिन। हामी म, जमुना र छोरी डा. प्रियंका बेलायतको गेटविक एयरपोर्टबाट इजीजेटद्वारा टेनिरिफ आइल्याण्डको उडान भर्यौं। उडान ४ घण्टा ३० मिनेटको थियो। सोहि मौका छोपेर आकाशमै झन्डै आधा भन्दा धेरै बकपत्र पढिसके । बाँकी रहेको बकपत्र फलामिङगो होटेलको स्वीइमिङ पुलको बेडमा बसेर पढिसके।

बकपत्र बरिष्ठ पत्रकार तथा साहित्यकार खिलध्वज थापाज्युको जीवनको एउटा दस्ताबेज हो भने हामी जस्ता बामे सर्दै गरेको साहित्यकार र पत्रकारको लागि प्रेरेणादायी पुस्तक हो। जुन पुस्तकमा आफ्ना जीवनका उतारचढाब, आँसुहाँसो, मिलन बिछोड, र दुखसुखका दिनहरुलाई एउटा माला उनेर दस्ताबेजको रुपमा पस्कने काम गर्नु भएको छ भने देशको राजनीतिक, आर्थिक र सामजिक पाटोलाई पत्रकारिता क्षेत्रबाट बिभिन्न कालखण्डमा सहयोग दिनुभएको छ भन्ने बुझेको छु ।

यस पुस्तकमा भूमिका बरिष्ठ पत्रकार शैलेन्द्र साकारले लेखेका छन भने भाषा सम्पादन चर्चित गीतकार तथा बरिष्ठ साहित्यकार भाबेश भुमरीज्युले लेखिदिनु भएको छ भने सामाजिक संजालमा बकपत्रको बारेमा लेखिएको केहि प्रतिक्रियाहरुलाई पनि यस पुस्तकमा स्थान दिईएको छ। जस्तै: कबि तथा साहित्यकार हरि अधिकारी, बरिष्ठ पत्रकार हर्ष सुब्बा, बरिष्ठ पत्रकार हरिमणि गौतम, राजनीतिकर्मी केदार कोइराला, लेखिका तथा अन्वेषिका प्रतिभा पुन, सागर बुडाथोकी, बरिष्ठ पत्रकार उत्तम शिलवाल र विष्णुदत्त आङबुहाङको प्रतिक्रियाहरुलाई यस पुस्तकमा समाबेश गरिएको छ।

बकपत्रलाई लेखकले ५ भागमा विभाजन गरेका छन। पहिलो भागमा ५ वटा यात्राहरु समाबेश गरेका छ। ति यात्राहरु : पेरिसमा एकान्तबास, काश्मिरदेखि कन्याकुमारीसम्म, कारवां नियाल्दै लाङटाङ हिमालमा एक रात, घुमघाम राजारानीसंग, रेलको चक्कर हण्डर र ठक्कर। दोस्रो भागमा एक पत्रकारको आँखामा राजनीति भन्ने शिर्षक छ। सो शिर्षकभित्र ४ वटा लेखहरु समाबेश गरेका छन: पंचायत व्यबस्थाको शल्यकृया, शाह बंशीय राजाहरुको पतन, राजा बिरेन्द्रको बंशनाश र राजनीतिमा एक पत्रकारको रंग समाबेश गरेका छन। तेस्रो भागमा पुरानो ऐनामा आफुलाई नियाल्दा शिर्षक छ। सो शिर्षकभित्र १० वटा लेखहरु सामबेश गरिएको छ। ति लेखहरु: पाइला पत्रकारिताको महासमरतर्फ, मातेर मधुशाला, एक पत्रकारको बकपत्र, डायरीका पानाहरुबाट, किंबदन्ति र सपनाको शहर, अनकन्टार गाउँमा बाल्यकाल, झल्झल्ती आँखामा केहि पुस्तकहरु, बा, खानीका सुरुङबाट निस्केका हाम्रा पुर्खा र जोवनको घुम्तीमा काईला बा समाबेश गरेका छन। चौथो भागमा र, यी पनि भन्ने शिर्षक राखिएको छ। जुन शिर्षकमा फुटकर संझनाका बाछिटाहरु, एक पत्रकार तथा राजनीतिक बिश्लेक्षकको आँखामा, सामाजिक संजालबाट छानिएका केहि प्रतिक्रियाहरु र धन्यवाद तथा आभार समाबेश गरेका छन। अन्त्यमा छैटौं भागमा जिन्दकी दुर्लब फोटोहरु समाबेश गरेका छन।

मैजारोमा भन्नपर्दा “बहादुर बुवाका बहादुर छोरा” भनेझै बुवा कर्णध्वज जस्तै हातमा राइफल लिएर दोस्रो बिश्व युद्ध नलडे पनि खिलध्वज थापाले हातमा कलम लिएर युद्ध गरेका छन। हाम्रो देश नेपाललाई सम्बृद्ध बनाउनको लागि तथा सामजिक, आर्थिक र राजनीतिक रुपान्तरणको लागि ३० बर्षसम्म लगातार कलम चलाएर क्रान्ति गरेका छन। उनी लगनशील, कर्तव्यनिष्ट, इमान्दारी र बफादारी भएकै कारणले रासस जस्तो गरिमामय संस्थाको प्रधान सम्पादक बनेर देश हाके। एउटा जनजातिको छोरोको लागि यो कार्य कम चुनौतिपूर्ण थिएन तथा कम शाहसीपूर्ण कार्य थिएन। राजपरिवारसंग सुमधुर सम्बन्ध रहनु , देश बिदेशका मन्त्रि, प्रधान मन्त्रि र कुटनीतिक आयोगका व्यक्तिहरुसंग सुमधुर सम्बन्ध रहनुनै खिलध्वज थापाको सरल जीवन, निष्ठाको पत्रकारिता मुख्य आधारहरु हुन् जस्तो लाग्छ।

बकपत्रमा लेखकले मादक पदार्थको बारेमा, काक्रो चोरेको बारेमा, जीवनको उतारचढाबको बारेमा, रेड लाइट स्ट्रिटको बारेमा, फ्रान्सको एकान्तबासको बारेमा खुलेरै लेख्नु भएको छ तर युबा अवस्थाको पहिलो प्रेमिका तथा प्राण भन्दा प्यारी मायालु मनसरा (नाम परिबर्तन) को बारेमा एक शब्द पनि नलेख्नु तथा संझनु भएको छैन किन ? आशा छ दोस्रो संस्करणमा संझनु हुनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!