अल्डरसटमा हेमन्त कान्छा रसाइली एकल सारङ्गी साँझ

SHARE:

​लन्डन १२ सेप्टेम्बर २०२२  । बेलायतमा ‘हेमन्त कान्छा रसाइली एकल सारङ्गी साँझ’ सम्पन्न भएको छ ।

मोना यूकेको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका रसाइलीको अल्डरसटस्थित एम्पायर हलमा शनिबार साँझ एकल साँझ सम्पन्न भएको हो । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यतामा रसाइलीको एकल साँझ भएको हो ।

उनलाई गायिका गीता पाइजा, बिमला श्रीसले साथ दिनेछिन् भने दोस्रो चरणमा बिमला श्रीससँग लोकदोहोरी गीतहरु प्रस्तुत गर्नेछन् । उनलाई वाद्यवादकतर्फ मिन गुरुङ मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा, तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तबलामा साथ दिएका छन् ।

कलाकार हेमन्त कान्छा रसाईलीले एकल सारङ्गी साँझ सफल पारिदिएकोमा बेलायतवासी नेपालीलाई धन्यवाद समेत दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत धन्यवादसमेत व्यक्त गरेका छन् । ‘बेलायतमा एकल साँझ गर्न सजिलो कत्ति पनि थिएन केबल म सारङ्गी बादक भएको नाताले सारङ्गीको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भन्ने हेतुले जुन कार्यक्रम आयोजना गर्ने प्रपोज गरे ठूलो भार बोकेर पारित गर्दिनुभयो आयोजक मन ट्राभल र म्याग्दी मालिका गा.पा. ४ परिवारप्रति म जीबन्त हार्दिक आभारी छु । साथै मलाई कार्यक्रम सफल पार्नको निमित्त सहयोग गर्नुहुने मनकारी व्यक्तिहरु, आयोजक, अतिथि, कलाकार, बाद्यबादक, उद्घोषक, साउण्ड, हल प्रायोजक, स्टेज डिजाइनर, क्यामरा, फोटो ग्राफर, मिडिया, कार्यक्रम सहयोगी सम्पूर्ण सम्पूर्णप्रति हार्दिक आभारी प्रकट गर्दछु । फेरि फेरि आउँदा दिनहरुमा यहाँहरुको भरिपूर्ण साथ माया पाउने आसा राख्दै मलाई बेलायतमा निमन्त्रणा गर्नुहुने मोना यूकेलाई पनि धन्यवाद व्यक्त गर्दछु ।’

रसाइलीले हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुनहरु रेकर्ड गरिसकेका छन् भने ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भरिसकेका छन् । रसाइलीले सांगीतिक यात्रा भने २०६३ सालमा पहिलो गीत काजु शेरचनद्वारा काँचो सुन्तला रि-रेकर्ड गरेका थिए । काँचो सुन्तला हिट भएपछि उनले लगातार ‘कैले तिम्रो बन्न सकिनँ,’ ‘पराइ ठानेपछि’, ‘भाग्यमानी’, ‘बालापन’, ‘किन होला खै’, ‘लाहुर’, ‘म्याग्दी काली’, ‘झल्को धेरै भो’, ‘लौरी तितेको’, ‘के छ ज्यानलाई’, ‘थर बदल्न पर्दैन’, ‘म्याग्दी खोलेलाई’, ‘कर्मै हाराको’, ‘रेलको ढोका वन’जस्ता एल्बम तथा गीतहरुमा स्वर तथा सारंगीको धुन भरेका छन् । हेमन्त कान्छा रसाइलीले आजसम्म आउँदा उनले विगतलाई फर्केर हेर्न परेको छैन ।

हेमन्त कान्छा रसाइली म्याग्दी जिल्ला, च्युरीबोट मट्ठडाँडामा पिता सबहादुर रसाइली र माता तुलसरा रसाइलीको कोखबाट विक्रम सम्बत २०४३ मा जन्मेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!