भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

SHARE:

काठमाडौं सेप्टेम्बर १६ ।

साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक–शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् । भारतमाथि नेपालको यो ऐतिहासिक जित हो । नेपालले साफ महिला इतिहासमा भारतमाथि पहिलो जित निकालेको हो ।

यो सँगै नेपाल पाँचौँ पटक फाइनलमा पुग्दा भारत भने पहिलो पटक फाइनल पुग्न सकेन । भारत यसअघिका सबै संस्करणको विजेता हो । भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ । नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार बेहोरेको छैन । समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।

अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई आठ–शून्य गोलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेको हो । फाइनल खेल सोमवार बेलुकी ५ बजे सुरु हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!