‘प्रेम गीत ३’ मा दर्शकको उत्साहजनक उपस्थिति, पहिलो दिन नेपालमा मात्रै २ रोड बढी कमाइ गरेको अनुमान

SHARE:

काठमाडौं सेप्टेम्बर २४ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको यस वर्षको बहु प्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ मा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ ।

हिन्दी र नेपाली भाषामा विश्वभर १२ सय भन्दा बढी पर्दामा एकसाथ प्रदर्शन भएको फिल्मको पहिलो दिनका अधिकांश शो हाउसफुल रहे । शनिबार पनि दर्शकको चाप उच्च देखिएको छ। पहिलो दिनको बक्स अफिस कलेक्सन सार्वजनिक नभए पनि विश्वभरबाट ५ करोड माथिको कमाइ गरेको अनुमान गरिएको छ । पहिलो दिन नेपालमा मात्रै २ देखि ३ करोडको कमाइ गरेको अनुमान गरिएको छ। शनिबार पनि पहिलो दिनकै हाराहारीमा कमाइ गर्ने देखिएको छ। भारतमा पाएको ५ सय हाराहारीको शोमा पनि फिल्मले दर्शकको राम्रो साथ पाएको छ ।

फिल्मले सुरुका दुई दिनमा दर्शकको उत्साहजनक साथ पाइरहँदा प्रतिक्रिया भने मिश्रित पाइरहेको छ। केही दर्शकले फिल्मलाई उत्कृष्ट भनेका छन् भने केहीले अपेक्षा गरिए अनुसारको राम्रो नरहेको बताएका छन्। लोकेसन, छायांकन र संगीतको बढी तारिफ भइरहेको छ भने आलोचना गर्नेहरू कथाको बहाव, कलाकारको अभिनय र फिल्मको प्रस्तुतीलाई लिएर असन्तुष्ट देखिएका छन्।

भारतमा ‘प्रेम गीत ३’ हेर्नेमा अधिकांश दर्शक नेपाली तथा नेपाली भाषी रहेका छन्। भारतमा नेपाली फिल्म पहिलो पटक यसरी प्रदर्शन भएकाले उनीहरू उत्साहित देखिएका छन्। भारतमा यसरी नेपाली फिल्म लाग्नु आफूहरूका लागि दशैँ आए बराबर रहेको उनीहरुको भनाइ छ । पहिलो दिन हल पुगेका अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिए पनि भारतीय समीक्षकले भने फिल्मलाई कमजोर बताएका छन्। भारतीय फिल्म समीक्षक कोमल नाह्टाले फिल्मको कथा, पटकथा, एक्सन, ड्रामा कहीँ पनि नयाँपन नरहेको र प्रस्तुती फितलो रहेको बताएका छन् । जसले गर्दा फिल्मले भारतीय बक्स अफिसमा चर्चा भए अनुसारको कलेक्सन गर्न नसक्ने उनको ठम्याइ छ। सँगै फिल्मको संगीत र छायांकनको भने नाह्टाले पनि तारिफ गरेका छन्। तर, यतिले मात्र फिल्मलाई बचाउन नसक्ने उनको भनाइ छ।

भारतबाहेक अष्ट्रेलियामा पनि फिल्मले नयाँ कीर्तिमान बनाएको छ । विभिन्न शहरमा फिल्मले पाएको ३६ शो नेपाली फिल्मले अष्ट्रेलियामा पाएको इतिहासमै सबैभन्दा बढी हो। विदेशमा रहेर हलमै गएर नेपाली फिल्म हेर्न पाउँदा नेपालीहरू निकै खुशी देखिएका छन्। फिल्मको समीक्षात्मक पाटो, व्यवसायिक पाटो छोडेर ‘प्रेम गीत ३’ ले नेपाली फिल्मको लागि विस्तार गरेको बजारका लागि खुशी मनाउनुपर्ने र गर्व गर्नुपर्ने उनीहरूको भनाइ छ। भारत र अष्ट्रेलियाबाहेक सिंगापुर, मलेसिया, दुवई लगायतका ४० भन्दा बढी देशमा शुक्रबारदेखि नै प्रदर्शनमा आएको थियो ।

फिल्मको पहिलो दिनको वर्ल्ड वाइड बक्स अफिस कलेक्सन भने आउन बाँकी छ । ‘प्रेम गीत ३’ छेतेन गुरुङको निर्देशनमा बनेको अन्तिम फिल्म हो। लेखकको रुपमा फिल्म उद्योगमा प्रवेश गरेका गुरुङको निर्देशनमा बनेको पहिलो फिल्म डमरुको डन्डीबियो हो। अर्को फिल्म हुतुतु निर्माणको घोषणा भइसकेपछि गत २०७७ साल भदौमा गुरुङको निधन भएको थियो ।

गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठ, मनिष राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!