कास्की सेप्टेम्बर २५ ।

प्रजातन्त्रका महा सेनानी मुलुककै धरोहर शहिद हरि प्रसाद प्रसाद गुरुङको स्मृतिमा पाँचौँ हरी प्रसाद गुरुङ स्मृति कप हुँदैछ ।
ग्रन हिल क्लव कास्कीको आयोजनामा माछापुछ्रे गाउ पलिका वडा नं ८, ल्वाङमा यही असोज १३ गतेदेखी १५ गतेसम्म हुने स्मृति कपलाई भब्यता र सभ्यतका साथ सफल पारिदिन आयोजकले अनुरोध गरेको छ ।
कास्की जिल्ला साविक ल्वाङघलेल गा.वि.स वडा नं ३ मा जन्मेका शहिद हरि प्रसाद गुरुङ अग्रेजहरु विरुद्ध चलाएका ुभारत छोडु आन्दोलनमा समेत सक्रिय
रहेका थिए । राष्ट्रकै गौरव रहेका प्रजातन्त्रवादी सिध्दान्तका पक्षपोषक शहिद गुरुङले २०१८ सालको विद्रोहको नेतृत्वमा सक्रिय भूमिका निभाएका थिए । म मरेपनि हाम्रो नीति मर्ने छैन, देशको निम्ती मर्नलाई डर छैन भन्दै उनि अगाडी बढीरहे ।
प्रजातन्त्रिक समाजवादका चिन्तक स्वा. वी. पी कोइरलासँग पनि गहिरो सम्बन्ध रहेका गुरुङको २०१८मा रहस्यमय मृत्यु भएको थियो । लामो समय वेपत्ता पारेपछि २०१८ सालमा चितवनको जङ्गलमा जिउदै खाल्टोमा पुरिएको भन्ने स्रोतले जनाएको छ । उनलाई २०१८ साल माघ १८ गते शहिद बनाइएको थियो ।






