टर्कीमा खानी विस्फोटमा मृत्यु हुनेको संख्या चालीस पुग्यो

SHARE:

टर्की  १६ अक्टोबर २०२२ । टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको सो विस्फेटमा परी आतइबार बिहानसम्ममा कम्तीमा पनि ४० पुगेको बताइएको हो ।

टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमल सोइलुले आइतबार सो जानकारी दिनुभएको हो । उहाँका अनुसार सो खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए ।तीमध्ये आइतबारसम्म कम्तीमा पनि ४० जनाको ज्यान गएको मन्त्री सोइलुले सो खानी विस्फोटमा परेर अरु केही व्यक्ति अझै हराइरहेका पनि जानकारी दिनुभएको छ ।

सो दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार जारी रहेको बताइएको छ । खानीमा विस्फोट भएपछि आगा लागेको थियो । खानीमा नै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको तियो भने अरु केही व्यक्तिलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो ।

सो क्षेत्रमा रहेका खानीहरुमा आवश्यका मात्रामा सुरक्षाको प्रबन्ध हुन सक्दा नागरिकको ज्यान जाने क्रम भने रोकिएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!