पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

SHARE:

एजेन्सी नोभेम्बर ३ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

गोली लागेर उनि घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानको पूर्वी सहर वजिराबादमा आज बिहीवार एक विरोध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको हो । घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ ।

पाकिस्तान तहरीक ए इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानको खुट्टामा गोली लागेको बताएका खबरमा उल्लेख छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एक विरोध जुलुसका क्रममा गोली प्रहार गरी घाइते बनाएर स्पष्ट रूपमा हत्याको प्रयास गरिएको छ।

सत्तरी वर्षीय खान चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भएका थिए । पूर्वप्रधानमन्त्री खानमाथि गरिएको गोली प्रहारको घटनाको प्रधानमन्त्री शहबाज शरिफले निन्दा गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!