सुश्री स्वइच्छा तिलिजा पुनमगर “मगर गट ट्यालेन्ट” को बिजयी बनिन्

SHARE:

सुश्री स्वइच्छा तिलिजा पुनमगर “मगर गट ट्यालेन्ट” को बिजयी बनिन्

०५ नोभेम्बर २०२२ – बेलायत। मगर संघ युकेको, युथ विभागले हरेक बर्ष संचालन गर्दै आएको “पाचौं संस्करण तथा मगर गट ट्यालेन्ट” प्रतियोगिता बेलायतको अल्डर्सटस्थित दि प्यालेस रेस्टुरेण्टमा सम्पन्न भएको छ। सो मगर गट ट्यालेन्ट प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गरेर सुश्री स्वइच्छा तिलिजा पुनमगरले बिजयी बनिन् भने प्रथम उपविजेता र दोस्रो उपविजेता क्रमश: सुश्री लिकोन गुरुङ र सुश्री साक्षी मगर बनेकी छिन। बिजेता, प्रथम उपविजेता र दोस्रो उपविजेताले नगद पुरुष्कारसहित ट्रफी र प्रमाणपत्रले सम्मानित भएका छन।

उक्त प्रतियोगितामा निम्न तलका दशजना प्रतियोगीहरुले निम्न स्थानहरुको प्रतिनिधित्व गर्दै भाग लिएका थिए। प्रतियोगितामा भाग लिनेहरु तथा आ-आफ्नो प्रस्तुति दिनेहरु सुश्री रोनिश आले रेडिङ्ग, सुश्री अजिता आले टनब्रिज, सुश्री रुविना थापा प्लम्स्टिड, सुश्री लिकोन गुरुङ वकिङ, क्याप्टेन बिर बहादुर थापा फार्नबोरो, श्री बिबेक थापा लिम्बु अल्डर्सट, सुश्री अईशा थापा वेम्बली, सुश्री अन्जली पुन प्लम्स्टेड, सुश्री स्वइच्छा तिलिजा पुनमगर फार्नबोरो थिए।कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

पाचौं मगर गट ट्यालेन्ट प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित लोक दोहोरि गायिका जुना श्रीस, सुप्रसिद्ध कलाकारहरु श्रीमती कबिता घर्तिमगर गुरुङ र श्री शेखर घर्तिमगर रहेका थिए। कार्यक्रममा तेस्रो मगर गट ट्यालेन्टका बिजेता तथा नायिका सलिना थापाको बिशेष नृत्य प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा राफल ड्र र फेसन शो पनि रारिएको थियो।

मगर संघ युके युथ विभागका अध्यक्ष अनिल थापाको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष सीता थिइन् भने कार्यक्रम दिपक थापा माइथाने र यमुना आलेले संचालन गरेका थिए।

उक्त कार्यक्रममा बिशेष अतिथि तथा अतिथिहरुमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहमगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष गोमा राना, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, निबर्तमान अध्यक्षहरु दुत पुन र सुनिल राना, मगर संघ युकेका ट्रष्टीहरु राजेन राना र क्याप्टेन टम धेगामगर, मगर महिला संघ युकेका अध्यक्ष बिष्णु श्रीस रमगर महिला संघ युके सुईण्डन शाखाका अध्यक्ष माया थापा, मगर संघ युकेका उपाध्यक्षहरु होम रोका र रुद्र थापा, मगर संघ युके शाखा समितिका अध्यक्षहरु ऋषिराम राना, दल थापा, सोब रेघामीमगर, मगर संघ युके युथ विभागका निबर्तमान अध्यक्ष किशोर रानालगयत नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुको बाख्लो उपस्थिति रहेको थियो।

       

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!