बीसीसी युके द्वारा खेन्पो केल्जङ को बिदाई : पूर्ण गुरुङ लण्डन

SHARE:

बीसीसी युके द्वारा खेन्पो केल्जङ को बिदाई

पूर्ण गुरुङ

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले भुटानबाट बेलायत आएका खेन्पो केल्जङ्लाई एक कार्यक्रमबीच बिदाई गरेको छ । गत शुक्रबार ११ नोभेम्बरका दिन बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे समातेन, खेन्पो टासी छिरिङ महासचिव क्याप्टेन देब घले, आमा सचिव शारदा गुरुङलगायत आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बाबाट खादा लगाई बिदाई गरिएको हो ।

बीसीसी युकेको निमन्त्रणामा गत जुन महिनामा बेलायत आएका खेन्पो गुरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा रहेर विभिन्न पुजापाठ गर्ने, बौद्ध दर्शनबारे प्रवचन दिने, पुजा विधिबारे जानकारी गराएका थिए । बीसीसी युकेले यसअघि २३ अक्टोबरका दिन औपचारिक रुपमा बिदाई गरिएको थियो । शुक्रबार उनी आफ्नो देश भुटान फर्केका हुन् । उनलाई बीसीसी युकेका महासचिव क्याप्टेन देब घले र आमा सचिव शारदा गुरुङले हिथ्रो विमानस्थलसम्म पुर्याई बिदाई गरे ।

स्मरण रहोस्, बीसीसी युकेले बिशेषगरी नेपालबाट धर्मगुरुहरुलाई निमन्त्रणा गरी बेलायतमा रहेका बौद्ध धर्मावलम्वीहरुलाई बौद्ध दर्शन, पुजा विधि, संस्कारलगायतको बिषयमा प्रवचन दिने, अभिशेष प्रदान गर्ने गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!