‘मुलुकमै सुविधा सम्पन्न उपचार दिए विदेश जानबाट रोकिन सकिने’

SHARE:

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मुलुक मै सुविधा सम्पन्न उपचार दिन सके विदेश उपचार गर्न जानेहरुलाई रोक्न सकिने बताएका छन् ।

बि एण्ड बि हस्पिटलको क्याथ ल्याब सेवा उद्घाटन गर्दे शुक्रवार स्वास्थ्य मन्त्री यादबले विदेश उपचार गराउन ठूलो हिस्सालाई रोक्न मुलुक मै गुणस्तरिय स्वास्थ्य उपचारको दिनु पर्ने बताए ।

सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको औल्याउदै उनले निजी क्षेत्रले समेत भरपर्दो र गुणस्तरीय सेवा सुविधा दिन उनले निर्देशन समेत दिए ।

अस्पतालका अध्यक्ष, बरिष्ठ हाडजोर्नी शल्यचिकित्सक प्रा.डा. असोक बास्कोटा ले एउटै छातामुनी मल्टिस्पेसियालिटि सेवा दिन अस्पताल ले मुटू रोग विभाग सञ्चालन गरेको बताए ।

अस्पतालका प्रवन्ध निर्देशक डा. जगदिशलाल बैद्यले असपतालमा सहुलियत दरमा क्याथ ल्यावको सेवा प्राप्त हुने जनाए ।

मुटु रोग विशेषज्ञ डा. दिपक मिश्रले अस्पतालमा अब २४ सै घन्टा एन्जियोप्लास्टि र स्टेन्टिङ्ग, एन्जियोग्राफी, डिभाइस इम्प्लान्टेसन लगायतका मुटू रोगसम्बन्धी सेवा प्रदान गरिने बताए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!