चार भञ्ज्याङ्ग समाजको वार्षिक भेटघाट सम्पन्न

SHARE:

एटा संवाददाता
अल्डरसट । चार भञ्ज्याङ्ग तमु समाज युकेको वार्षिक भेटघाट सम्पन्न भएको छ ।

अल्डरसटस्थित कनट स्कुलमा गत १४ जुलाई शनिबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो । समाजका जेष्ठ नागरिक रनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मदन गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

कुमार घलेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा उपस्थिति ज्वाइँ–चेली, सदस्यहरु सल्लाहकार र अतिथिहरुलाई अध्यक्ष मेजर कृष्णबहादुर गुरुङले धन्यवादसहित खादा लगाई स्वागत तथा सम्मान गरे । कार्यक्रममा नवविवाहित जोडी, उच्च शिक्षा हासिल गरेका विद्यार्थी, चार भञ्ज्याङ्गस्थित टेलिमेडिसिन सेन्टरलाई सहयोग गरी ट्रष्टी बनेका सदस्यहरु, सल्लाहकार र अतिथिहरुलाई खादा, फूल, प्रमाण पत्रबाट सम्मान गरिएको थियो ।

समारोहमा नेपाली राजदूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ तथा प्रेमा गुरुङ, काठमाडौंका अध्यक्ष सु.मे.नारायण गुरुङ, पूर्वअध्यक्ष क्या. गणेशबहादुर गुरुङ, कुलबहादुर गुरुङ, क्या हिमानसिं घले तथा परिवार, डा. महिमा गुरुङ, निवर्तमान अध्यक्ष ह.ले. चन्द्रबहादुर गुरुङ, ले.नारायणप्रसाद गुरुङ बिईएम, तमु फोरमका सहसंयोजक हरि गुरुङ, बिसीसी लन्डनका अध्यक्ष गमरसिं घले, सहारा एफसीका चेयरमेन ले.रि. कुसाङ्ग गुरुङ, हङकङ नेपाली मञ्चका अध्यक्ष दुर्गा गुरुङ र तमुधिं लन्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङलगायत अतिथिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

युवराज गुरुङ र सर्वराज गुरुङको संयोजकत्वमा चार भञ्ज्याङ्गवासीहरुको सहयोगमा बुटवलस्थित गुरुङडाँडामा निर्माण गरिएको गुरुङडाँडा परियोजनामा सहयोग गरेका विभिन्न महानुभावहरुलाई खादा तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
महासचिव दुर्गा गुरुङले सञ्चालन गरेको कार्यक्रममा संस्थाका संरक्षक नारायण कोन्मे तमु, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, ले. नारायणप्रसाद गुरुङ, ह.ले. चन्द्र गुरुङ, क्या. गणेश गुरुङ र तेजेन्द्र रेग्मीले शुभकामना मन्तव्य दिएका थिए ।
समाजका सल्लाहकार हरि गुरुङले सञ्चालन गरेको मनोरञ्जनात्मक राफल ड्र (बिंगो)ले कार्यक्रमलाई निकै रमाइलो बनाएको थियो । कोषाध्यक्ष कृष्ण गुरुङ र जगत गुरुङले आर्थिक विवरण प्रस्तुत् गरेका थिए । त्यस्तै, युवान गुरुङ र प्रकाश गुरुङले सञ्चालन गरेको मनोरञ्जनामत्मक कार्यक्रममा पुरानो ठाडो भाकाको सालैजो गीत तथा नृत्य प्रस्तुत् गरिएको थियो । पर्वते कलाकार विमलराज क्षेत्रीको मीठो प्रस्तुतिमा ज्वाइँ–चेली, भाञ्जाभाञ्जीहरु रम्दै यसवर्षको कार्यक्रम समापन भएको थियो ।

आमा समूहकी अध्यक्ष शान्ति गुरुङको संयोजकत्वमा रहेको समूहले खानपिन तथा पाहुना सत्कारको जिम्मा लिएका थिए । अध्यक्ष मेजर कृष्ण गुरुङ तथा अमला गुरुङले अन्त्यमा सबैलाई धन्यवाद दिँदै कार्यक्रम सफल रहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!