नेपाली वृत्तचित्र ‘सहायक श्रीमान’ बेलायत लगायत विश्वका विभिन्न देशमा का फिल्म महोत्सवमा छनौट

SHARE:

काठमाडौं १७ फेब्रुअरी २०२३ ।

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) विश्वका विभिन्न देशका फिल्म महोत्सवमा छनौट भएको छ।

भारतको केलरामा यही फेब्रुअरी २० देखि २३ सम्म हुने साइन अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बेलायतको लण्डनमा २० फेबु्रअरीदेखि ५ मार्चसम्म हुने लण्डन माउेन्टन फिल्म महोत्सव, मार्च २४ देखि २६ सम्म क्यानडाको नर्थ बे ओन्टारियोमा हुने गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा युरोपियन मुलुक स्लोभाकियामा आयोजित टाट्रास अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को–हजबेण्ड छनौट भएको निर्देशक गणेश पाण्डेले जानकारी दिए ।

विश्वका दर्जनौ महोत्सवमा छनौट भइसकेको को–हजबेण्डले गत अगष्ट ४ देखि ७ सम्म अमेरिकाको जर्जियामा आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलमा ‘बेष्ट इन्टरन्याशनल डकुमेन्ट्री अवार्ड’ जित्न सफल भएको थियो । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ)बाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्डका रुपमा ‘माउण्ट एभरेष्ट अवार्ड’ जितेको थियो।

यसैगरी, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सवमा ‘एडिम क्रियटिभ पुरस्कार २०२१’, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट डकुमेन्ट्री अवार्ड’ र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’, स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

साइन मिडिया प्रालिको ब्यानरमा बनेको यो वृत्तचित्रको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!