काठमाडौं १८ फेब्रुअरी २०२३ ।

आईसीसी विश्वकप लिग टूमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
आज भएको खेलमा नामिबियालाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो । जितका लागि नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलब ३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा ज्ञानेन्द्र मल्ल,आशिफ शेख र कुशल मल्लले अर्ध सतकिय पारी खेले । तेस्रो ओभरको पहिलो बलमै ओपनरका रुपमा आएका कुशल भुर्तेल एक रनमा आउट भएपछि दबामा आएको नेपालको ईनिङ्स मल्ल र शेखको जोडीले उकासेका थिए। यी जोडीले किर्तिमानी शतकिय साझेदारीसमेत गरे ।
आशिफ शेख ८१ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्ल ६५ रनमा पेभेलियन फर्किएका थिए । कुशल मल्लले ६२ रन जोडे। एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो तेस्रो अर्धशतक हो । यस्तै कप्तान रोहित पौड्यालले ३९ रन जोडे। बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्बाधिक ३ तथा बर्नार्ड स्कोलाजले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो ।
नामिबिका जान ग्रिनले अबिजित रहँदै सर्बाधिक ७५ रनको योगदान गर्दा पीकीं या फ्रान्सले ४९ रन जोडे। लोहार्ड लौरेन्सले ४१ तथा माईकल भानले २२ रनको योगदान गरे । बलिङतर्फ सन्दीप लामिछानेले सर्बाधिक ३ विकेट लिँदै विश्वकप लिग टू मा ५० विकेट पूरा गर्ने नेपालका पहिलो खेलाडी बनेका छन्।नामिबियाको यो तेस्रो हार हो ।
पहिलो खेलमा नामिबिया नेपालसंग २ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसंग १० विकेटले पराजित भएको थियो ।






