विश्व कप क्रिकेट लिग–२ मा यूएईले नामिबियालाई १ विकेटले हरायो

SHARE:

काठमाडौं २३ फेब्रुअरी २०२३ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नामिबियामाथि १ विकेटको सङ्घर्षपूर्ण जित निकालेको छ ।

दुबई क्रिकेट मैदानमा नामिबियाले दिएको ९२ रनको सामान्य लक्ष्य यूएईले ३३ ओभरमा ९ विकेट गुमाएर भेटायो । यूएईका आयान अफजल खानले नटआउट ३५ रन बनाए । बलिङतर्फ नामिबियाका तान्गेनी लुङ्गामेनीले ४, रुबेन ट्रम्पलम्यानले ३ र बेन शिकोन्जोले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नामिबिया ३१ ओभर १ बलमा ९१ रन बनाउँदा अलआउट भयो । नामिबियाका ट्रम्पलम्यानले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ यूएईका जहूर खान, अफजल खान र कार्तिक मय्यप्पनले ३/३ विकेट लिए ।

यो जितसँगै यूएई २७ खेलमा २९ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । नामिबिया ३५ खेलमा ३७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!