आइसिसी विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, सिंगापुर ९६ रनले पराजित

SHARE:

काठमाडौं २४ फेब्रुअरी २०२३ ।

१९ वर्षमुनिको आइसिसी विश्वकप छनोटमा नेपालले विजयी शुरुवात गरेको छ ।

विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरमाथि ९६ रनको शानदार जित पाएको हो । जितका लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रनमै समेटियो। सिंगापुरका आर्यन मोदीले सर्वाधिक ५८ रन जोडे। सिद्धान्त श्रीकान्तले ४४ तथा अर्जुन नागपाल र अभ्युदय छाजेरले १४/१४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा हेमन्त धामी र सुभाष भण्डारीले २र२ विकेट लिए । विशालविक्रम केसीको नाममा १ विकेट रह्यो । त्यसअघि युएईको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो । नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ७८ रनको योगदान गरे। ​विशालविक्रम केसीले अविजित ६३ रनको योगदान गर्दा अर्जुन कुमालले ३७ र देव खनालले २१ रन जोडे । नेपालले फागुन १३ गते कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ।

जारी प्रतियोगितामा प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत समावेश छन् । सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता विजेताले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!