लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित

SHARE:

काठमाडौं २५ फेब्रुअरी २०२३ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन् ।

धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले मगरलाई अध्यक्षमा चुनेको हो । वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल पनि निर्विरोध निर्वाचित भए । निर्विरोध निर्वाचित हुनेहरुमा महासचिव शिव हमाल, उपमहासचिवद्धय हरि डाँगी र शिरिष देवकोटा छन् ।

अमृता अधिकारी कोषाध्यक्षमा र जमुना राना महिला सचिवमा निर्विरोध भए । उपाध्यक्ष खुल्ला, सचिव भूगोल गण्डकी प्रदेश, सचिव खुल्ला, सहकोषाध्यक्ष खुल्ला, महिला सदस्य, खुल्ला सदस्य, सदस्य भूगोल प्रदेश १, सदस्य भूगोल गण्डकी प्रदेश, सदस्य भूगोल लुम्बिनी प्रदेशका पदमा निर्वाचन हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!